Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

गृहमन्त्रीको जिकिरः सहकारी प्रकरणमा मेरो नामबाहेक केही पनि छैन्

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, चैत्र, १४
गृहमन्त्रीको जिकिरः सहकारी प्रकरणमा मेरो नामबाहेक केही पनि छैन्

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफ्नो कुनैपनि संलग्नता नरहेको जिकिर गरेका छन् ।
बुधबार बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले उठाएको विभिन्न प्रश्नको जवाफ दिनेक्रममा लामिछानेले आफ्नो नामबाहेक अरु केही पनि नभएको जिकिर गरेका हुन् ।

‘सहकारीमा जहाँ मेरो नाम छ भनिएको छ, नामबाहेक केही छैन । केवाईसी भरेको छैन, निवेदन दिएको छैन, ल्याप्चे छैन’, उनले भने, सुनिएअनुसार मुद्दा अदालतमा दर्ता भएको छ, म प्रतिवादी छैन । बयानमा पनि मेरो नाम उल्लेख भएको जानकारी छैन ।’

सहकारी ठगीमा लाछिानेको संलग्नता रहेको भन्दै चौतर्फी प्रश्न उठिरहेको छ । सदनदेखि सडकसम्म प्रमुख प्रतिपषी दल नेपाली कांग्रेसले उनको राजीनामा माग्दै आएको छ । संसदको हरेक बैठकमा कांग्रेसले उनको राजीनामा माग्दै अवरुद्ध गरिरहेको छ । कांग्रेसको निरन्तरको अवरोधपछि समितिले आज सो प्रकरणमा छलफलका लागि बैठक डाकेको थियो ।

 

Top Changing Nepal

युट्युब सट्स