विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु
काठमाडौं । राप्ती नगरपालिका-७ बिरेन्द्रनगरस्थित सडकमा प्र.२-०२-००५ प १३९९ नम्बरको मोटरसाइकल ना.६ ख १५७७ नम्बरको ट्रकमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार महोत्तरी सम्सी गाउँपालिका-४ बस्ने २१ वर्षीय रूपेश पण्डितको मृत्यु भएको नेपाल प्रहरीले बताएको छ। प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुरतर्फ लैजान क्रममा बाटोमै मृत्यु भएको छ। उक्त मोटरसाइकल ना.३ त २८७२ नम्बरको ट्याक्टरमा ठक्कर खाई अनियन्त्रित भई ट्रकमा समेत ठक्कर खाई दुर्घटना भएको थियो । साथै दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक र ट्रयाक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
यसैगरी मध्यपुरठिमी नगरपालिका-२ सानोठिमीस्थित सडकमा पुरानोठिमीबाट पेप्सीकोलातर्फ जाँदै गरेको अल्फाबेट नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री मध्यपुरठिमी नगरपालिका-२ सानोठिमी बस्ने ६२ वर्षीय राम थापा मगरको बिहीबार बेलुकी मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको छ। ठक्कर दिने मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको बताइएको छ ।
प्रहरीका अनुसार महाङ्काल गाउँपालिका-५ चन्दनपुरस्थित सडकमा कालेश्वरबाट बतासेडाँडा चन्दनपुर गैरीगाउँतर्फ जाँदै गरेको बा.९४ प ६३४६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ५२ वर्षीय रमेश प्रसाद बजगाईको घटनास्थलमै मृत्यु भएको छ । त्यस्तै गरेर राप्तिसोनारी गाउँपालिका-८ ओभरीस्थित सडकमा साइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७१ वर्षीय जुद्ध बहादुर कुवँरको बिहीबार राति मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ । साइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नरहा गाउँपालिका-४ स्थित सडकमा चौहर्वाबाटबाट सिरहातर्फ जाँदै गरेको ना.५० प ६७८५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा चालक मिर्चैया नगरपालिका-८ बस्ने २५ वर्षीय बिवेक रायको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको लाइफ लङ्ग अस्पताल गोलबजार हुँदै थप उपचारको लागि बिराटनगर रिफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
