• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ असार २०८३, बिहीबार
१८ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने
  • ६ घण्टा 

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण
  • ७ घण्टा 

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव
  • ७ घण्टा 

गर्मीमा सुन्तलाको रस पिउँदा हुनेछ धेरै फाइदा
  • ११ घण्टा 

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल
  • १४ घण्टा 

डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
  • १४ घण्टा 

इन्जुरी टाइममा रामोस चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ प्रवेश मा
  • १५ घण्टा 

दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
  • १५ घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. विश्वकपको दावेदार नेदरल्याण्ड पेनाल्टीमा पराजित, मोरोक्को अन्तिम १६ मा प्रवेश

  • २. देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसम पुर्वानुमान भारी बर्षा हुन सक्ने

  • ४. फोटोन मोटर्स नेपालको बुटवलमा नयाँ शोरुमको उद्घाटन, पश्चिम नेपालमा सेवा र उपस्थिति दुवै विस्तार

  • ५. कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल

  • ६. एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि

  • ७. जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ

  • ८. तीन महिनायताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर

  • ९. साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी

  • १०. सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक

विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु

जानकारी केन्द्र २०८०, चैत्र, १६

काठमाडौं । राप्ती नगरपालिका-७ बिरेन्द्रनगरस्थित सडकमा प्र.२-०२-००५ प १३९९ नम्बरको मोटरसाइकल ना.६ ख १५७७ नम्बरको ट्रकमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार महोत्तरी सम्सी गाउँपालिका-४ बस्ने २१ वर्षीय रूपेश पण्डितको मृत्यु भएको नेपाल प्रहरीले बताएको छ। प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुरतर्फ लैजान क्रममा बाटोमै मृत्यु भएको छ। उक्त मोटरसाइकल ना.३ त २८७२ नम्बरको ट्याक्टरमा ठक्कर खाई अनियन्त्रित भई ट्रकमा समेत ठक्कर खाई दुर्घटना भएको थियो । साथै दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक र ट्रयाक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

यसैगरी मध्यपुरठिमी नगरपालिका-२ सानोठिमीस्थित सडकमा पुरानोठिमीबाट पेप्सीकोलातर्फ जाँदै गरेको अल्फाबेट नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री मध्यपुरठिमी नगरपालिका-२ सानोठिमी बस्ने ६२ वर्षीय राम थापा मगरको बिहीबार बेलुकी मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको छ। ठक्कर दिने मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको बताइएको छ ।

प्रहरीका अनुसार महाङ्काल गाउँपालिका-५ चन्दनपुरस्थित सडकमा कालेश्वरबाट बतासेडाँडा चन्दनपुर गैरीगाउँतर्फ जाँदै गरेको बा.९४ प ६३४६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ५२ वर्षीय रमेश प्रसाद बजगाईको घटनास्थलमै मृत्यु भएको छ । त्यस्तै गरेर राप्तिसोनारी गाउँपालिका-८ ओभरीस्थित सडकमा साइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७१ वर्षीय जुद्ध बहादुर कुवँरको बिहीबार राति मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नर्सिङ होम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ । साइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नरहा गाउँपालिका-४ स्थित सडकमा चौहर्वाबाटबाट सिरहातर्फ जाँदै गरेको ना.५० प ६७८५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा चालक मिर्चैया नगरपालिका-८ बस्ने २५ वर्षीय बिवेक रायको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको लाइफ लङ्ग अस्पताल गोलबजार हुँदै थप उपचारको लागि बिराटनगर रिफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने
सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण
राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

ताजा

चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

गर्मीमा सुन्तलाको रस पिउँदा हुनेछ धेरै फाइदा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.