इलाम,सिन्धुली र गुल्मीमा डुबेर तीन जनाको मृत्यु
काठमाडौं । माई नगरपालिका-२ स्थित माईखोलामा डुबेर झापा कनकाई नगरपालिका-१ जामुनखाडी बस्ने २१ वर्षीय मुकेश ढकालको शुक्रबार दिउँसो मृत्यु भएको नेपाल प्रहरीले बताएको छ। पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शव फेला परेको छ ।
प्रहरीका अनुसार गोलन्जोर गाउँपालिका-६ सुंगुरे खोला नजिकै रहेको हिउदमा सिचाईको लागि पानी जम्मा गर्ने प्रयोजनार्थ खनिएको खाल्टोमा डुबेर सोही ठाउँ बस्ने चन्द्र बहादुर श्रेष्ठकी छोरी १३ वर्षीया महना श्रेष्ठको शुक्रबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनको सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।
यसैगरी मुसिकोट नगरपालिका-४ आरूपाटा बस्ने २१ वर्षीय सन्दिप कुमालको सोही नगरपालिका-४ स्थित बडिगार्ड खोलामा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ। डुबेर अशक्त भएका उनको लुम्बिनी प्रभास हस्पिटल वामिटक्सार गुल्मीमा उपचारको क्रममा मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
