विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं । अन्नपुर्ण गाउँपालिका-४ सल्लाघारीस्थित सडकमा पोखराबाट भदौरे सल्यानतर्फ जाँदै गरेको ग.१ ज ५५४७ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब २ सय ५० मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार २ जनाको मृत्यु भएको नेपाल प्रहरीले बताएको छ। मृत्यु हुनेहरूमा पोखरा महानगरपालिका-२३ कार्कीतघरा बस्ने ५५ वर्षीय लक्ष्मण सुनार र सोही महानगरपालिका-२३ ठुलाखेत बस्ने ५२ वर्षीय जयराम सुनार रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका जिपमा सवार ४ जनाको सोही अस्पतालमा र अन्य २ जनाको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको बताइएको छ ।
प्रहरीका अनुसार देवदह नगरपालिका-१० चरङगे जंगलस्थित सडकमा लु.३८ प ५१२८ नम्बरको स्कुटरलाई लु.२ ख.१८३२ नम्बरको टिपरले आइतबार साँझ ठक्कर दिँदा स्कुटर चालक बुटवल उपमहानगरपालिका-१४ बेलभरीया बस्ने ४७ वर्षिय हरी घिमिरेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार बताइएको भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको नेपाल प्रहरीले जनाएको छ।
यसैगरी कपिलबस्तु नगरपालिका-८ मैनिहवास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुषको आइतबार राति मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको छ । हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

