छुट्टाछुट्टै स्थानमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । तिलोत्तमा नगरपालिका-६ सालघारी बस्ने ५५ वर्षीय सन्तु पुनको बाख्रा फर्ममा विद्युत सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा करिब १२ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार भोटेकोशी गाउँपालिका-४ फुल्पिङ डाँडागाउ बस्ने ७० वर्षीय कुमार पौडेलको कच्ची घरमा विद्युत सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा अन्नपात, लत्ताकपडा, भाडावर्तन, २ तोला सुन र महत्वपूर्ण कागजात पूर्णरुपमा जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी आठविसकोट नगरपालिका-१० घरीखोला बस्ने प्रेमराज वलीको घरमा आइतबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने बिष्णु कुमार वलीको घरमा समेत आगलागी हुँदा दुबै जनाको घर भित्र रहेको अन्नपात, लत्ताकपडा, भाडाबर्तन र पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनामल नष्ट भएको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार खजुरा गाउँपालिका-७ स्थित शुशिल कोईराला प्रखर क्यान्सर अस्पतालको एक्सरे, सिटी स्क्यान रहेको कोठामा विद्युत सर्ट भई आइतबार साँझ आगलागी भएको छ । क्षतिको विवरण हाल खुलेको छैन । त्यस्तै गरेर माधवनारायण नगरपालिका-१ दिपहिटोल बस्ने सियाराम महतोको घरमा आइतबार दिउँसो लागेको आगो सल्किएर सोही ठाउँ बस्ने अन्य ५ जना मानिसहरुको घरमा समेत आगलागी हुँदा करिब १० लाख ७० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको नेपाल प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार मिक्लाजुङ गाउँपालिका-४ खेसाङखोपाङ बस्ने याम बहादुर राईको घरमा आइतबार राति आगलागी हुँदा २ तले घर र गोठ पूर्णरुपमा जलेर करिब ३५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
