छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । प्युठान नगरपालिका-१ धरमपानीस्थित सडकमा खैराकोटबाट क्वाडीतर्फ जाँदै गरेको रा.१ त २४०१ नम्बरको खाली ट्याक्टरबाट लडेर चालक सोही नगरपालिका-३ साढेखोला बस्ने ३० वर्षीय जुद्ध बहादुर कुमालको सोमबार साँझ मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । लडेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार वीरगंज महानगरपालिका-११ श्रीपुरस्थित सडकमा भारतबाट ड्राईपोर्टको बाटो हुँदै कलैयातर्फ जाँदै गरेको बिआर २५ जिए ०४२५ नम्बरको धान लोड गरेको ट्रकबाट खसेर ट्रकका सहचालक भारत बिहार राज्य जहमावाद बस्ने ५५ वर्षीय महेश माझीको सोमबार राति मृत्यु भएको छ । खसेर गम्भीर घाइते भएका उनको नारायणी अस्पताल विरगंजमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
