छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । प्युठान नगरपालिका-१ धरमपानीस्थित सडकमा खैराकोटबाट क्वाडीतर्फ जाँदै गरेको रा.१ त २४०१ नम्बरको खाली ट्याक्टरबाट लडेर चालक सोही नगरपालिका-३ साढेखोला बस्ने ३० वर्षीय जुद्ध बहादुर कुमालको सोमबार साँझ मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । लडेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार वीरगंज महानगरपालिका-११ श्रीपुरस्थित सडकमा भारतबाट ड्राईपोर्टको बाटो हुँदै कलैयातर्फ जाँदै गरेको बिआर २५ जिए ०४२५ नम्बरको धान लोड गरेको ट्रकबाट खसेर ट्रकका सहचालक भारत बिहार राज्य जहमावाद बस्ने ५५ वर्षीय महेश माझीको सोमबार राति मृत्यु भएको छ । खसेर गम्भीर घाइते भएका उनको नारायणी अस्पताल विरगंजमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न,अनुसन्धान र प्रविधिको प्रयोगमा जोड
ब्रहमाण्डका रहस्य खोतल्न नासाको ‘रोमन स्पेस टेलिस्कोप’ अन्तरिक्षमा
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

