गाजामा खाद्य सामग्री वितरण गर्न गएका ७ जना स्वयंसेवकको इजरायली आक्रमणमा मृत्यु
काठमाडौँ। गाजामा राहत वितरण गर्न खटिएका ७ जना स्वयंसेवकको इजरायलको आक्रमणमा परेर मृत्यु भएको छ।
प्राकृतिक प्रकोप तथा मानवीय संकटको बेला खाना वितरण गर्ने अमेरिकाको एक एनजीओ वर्ल्ड सेन्ट्रल किचेन (डब्लुसीके) ले इजरायली सेनाको आक्रमणमा परी आफ्ना ७ सदस्यको ज्यान गएको जानकारी गराएको हो।
मृत्यु हुनेमा अष्ट्रेलिया, प्यालेस्टाइन, पोल्याण्ड, बेलयात तथा अमेरिका–क्यानडाका नागरिक रहेको डब्लुसीकेले जनाएको छ। अलजजिराका अनुसार सबै स्वयंसेवक विवादित क्षेत्रमा डब्लुसीकेको लोगो अंकित २ गाडीमा सवार थिए।
सो टोलीले इजरायली सेनासँगको समन्वयमा समुद्री रुट हुँदै ल्याएको १०० टन भन्दा बढि खाद्य सामग्रीलाई देर अल–बालाहस्थित एक गोदाममा झारेको थियो। राहत राखेर फिर्किने क्रममा उनीहरु सवार गाडीमा इजरायलले हवाई आक्रमण गरेको बताइएको छ ।
बीबीसीका अनुसार उनीहरुले डब्लुसीके अंकित बुलेटप्रुफ ज्याकेट लगाएका थिए। इजरायलले भने सो घटनाको विस्तृत समीक्षा गरिरहेको बताएको छ।
सम्बन्धित समाचार
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

