Jankari Kendra
२१ भाद्र २०८३, आईतवार
Worldlink

चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, चैत्र, २७
चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ

धनुषा । जनकपुर उपमहानगरपालिका-७ डेरा गरी बस्ने महोत्तरी एकडाडा गाउँपालिका-३ घर भएका २० वर्षीय प्रिन्स कुमार महासेठको हत्या गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका-४ बस्ने २५ वर्षीय अर्जुन साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले बताएको छ।

प्रहरीका अनुसार जनकपुर उपमहानगरपालिका-७ विश्‍वकर्मा चोक नजिक कलबार कुट्टी जाने बाटोमा अपरिचत व्यक्तिले चक्कु प्रहार गर्दा महासेठ गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जिरोमाइलबाट खटिएको प्रहरीले घाइतेलाई प्रादेशिक अस्पताल जनकपुर पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको छ ।

चक्कु प्रहार गर्ने व्यक्तिको खोजी र अनुसन्धानको क्रममा सोही उपमहानगरपालिका-४ कलबारकुट्टीबाट साहलाई प्रहरीले फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

Top Changing Nepal

युट्युब सट्स