मृत अवस्थामा फेला
काठमाडौं । सैनामैना नगरपालिका-७ रामबस्ती बस्ने मोहन भुसालको छोरा ८ वर्षीय आयुष भुसाल सोही ठाउँस्थित ईन्गोरिया खोलामा सोमबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले बताएका छन् । आइतबार घरबाट हराएका उनको खोजी गर्ने क्रममा शव फेला परेको छ। प्रहरीका अनुसार क्व्होलासोथार गाउँपालिका-१ नजरे बस्ने ६९ वर्षीया धन कुमारी गुरुङ सोही गाउँपालिका-३ च्यानडाडास्थित च्यानडाडा वनको भिरबाट खोल्सामा सोमबार मृत अवस्थामा फेला परेकी छिन् । चैत १५ गते माईती घर जान्छु भनी हिँडेकी उनी सम्पर्कमा नआएपछि खोजी गर्ने क्रममा सडीगलेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै गरेर रामेछाप नगरपालिका-६ हुदिल बस्ने ७३ वर्षीय तेज बहादुर कार्की आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले बताएका छन् ।प्रहरीका अनुसार गरुडा नगरपालिका-६ अमरपट्टी बस्ने १८ वर्षीय नन्दकिशोर राय यादव सोही ठाउँस्थित झाझ सिचाई नहरमा सोमबार मृत अवस्थामा फेला रहेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
