खोला किनारमा रहेका अव्यवस्थित बस्तीलाई स्थानान्तरण गरिने शहरी विकासमन्त्री बुढाको दावी
शहरी विकास मन्त्री धनबहादुर बुढाले काठमाण्डौ उपत्यकाका नदी किनारमा रहेका अव्यवस्थित बसोबासलाई व्यवस्थापन गरिने बताएका छन् ।
अधिकार सम्पन्न बागमती सभ्यता विकास समितिको ३० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै बुधवार मन्त्री बुढाले प्रक्रिया पुरा गरेर अव्यवस्थित बस्तीलाई व्यवस्थापन गरिने दावी गरेका हुन् ।
नेपालको संविधानले आवासको मौलिक हक स्थापित गरेकाले वास्तविक घरवारविहिन र सुकुम्बासीको पहिचान गरेर बसोबास गराउने कुरा सरकारको प्राथमिकतामा रहेको भन्दै उनले सवैलाई आवास दिने बताए ।
खोला किनारमा रहेकाहरुको व्यवस्थापन गर्न सरकार प्रतिवद्ध रहेको उनको भनाई छ ।
‘नदी किनारमा निर्धारित दुरीसम्म स्थायी संरचना बनाउन नपाइने सरकारी मापदण्ड भएपनि यसको कार्यान्वयनमा सरकारी निकायबीच प्रभावकारी समन्वय हुन नसक्नु दुर्भाग्यपुर्ण हो, उनले भने,‘यसमा कसका के कति कमजोरी रहे, आत्मसमिक्षा गरौं । ’
धार्मिक एवं सास्कृतिक रुपमा समेत बागमती सभ्यता राज्यको अमूल्य धरोहर भएकाले यसको विकास र सम्बद्र्धनमा आमजनसमुदायको सहयोग आवश्यक रहेको उनले बताए ।
नदी सरसफाई गर्ने भन्दा पनि नदीमा प्रदुषण नगर्ने प्रवृतिको विकास गर्न सके देशभरकै नदीको संरक्षण र सौम्यर्दयकरणमा टेवा पुग्ने भन्दै मन्त्री बुढाले भने, भावी पुस्ताले गर्व गर्ने गरि बागमतीको विकासमा सवैले हातेमालो गरौं ।
मन्त्रीले आफू कसैलाई विस्थापन भन्दा सम्यता जोगाउने र पुनस्थापना गराउने कार्यमा लाग्न चाहेको स्पष्ट पारे ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
