चुनावी मैदानमा होमिएका खड्कालाई साथ दिन गगन इलाममा
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापा इलाम पुगेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले इलाम–२ को चुनावी कमाण्डर अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई बनाएका छन् । महामन्त्री थापा झापा हुँदै चुनावी अभियानको माहोल बनाउन इलाम पुगेका हुन् ।
इलाम–२ मा प्रतिनिधि सभा सदस्य चयनका लागि आगामी वैशाख–१५ गते हुन गइरहेको उपनिर्वाचन सबै राजनीतिक दलले प्रतिष्ठाको विषय बनाएका छन् । २०७९ को आम निर्वाचनमा उक्त क्षेत्रबाट निर्वाचित नेकपा (एमाले) का उपाध्यक्षसमेत रहेका सुवासचन्द्र नेम्वाङको निधन भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
कांग्रेसले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाएको छ । खड्का गत निर्वाचनमा स्वर्गीय सुवास नेम्वाङसँग झिनो मतले पराजीत भएका थिए । नेम्वाङको र खड्काबीचको मतान्तर जम्मा १४४ मात्रै रहेको थियो ।कांग्रेस यो उपनिर्वाचनको नतिजा जसरी पनि आफ्नो पोल्टामा पार्ने दाउमा छ । तर, यस पटकको उपनिर्वाचनको परिणाम सहज तरिकाले पार्टीको पक्षमा नआउने बुझेका गगन आफैं चुनावी अभियानमा सहभागी भएका छन् ।
इलाममा यो पटक चौपक्षीय प्रतिस्पर्धाको वातावरण निर्माण भएको छ । एमालेले स्वर्गीय सुवास नेम्वाङका कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाएको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वतन्त्र उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा होमिएका मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ । त्यस्तै, पहिचानवादीहरुले डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाएको छ । इलाम–२ को उपनिर्वाचनमा खड्का, नेम्वाङ, लिम्बु र थेगिमबीच चौपक्षीय प्रतिस्पर्धा हुने निश्चित छ ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

