चुनावी मैदानमा होमिएका खड्कालाई साथ दिन गगन इलाममा
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापा इलाम पुगेका छन् । पार्टी सभापति शेरबहादुर देउवाले इलाम–२ को चुनावी कमाण्डर अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई बनाएका छन् । महामन्त्री थापा झापा हुँदै चुनावी अभियानको माहोल बनाउन इलाम पुगेका हुन् ।
इलाम–२ मा प्रतिनिधि सभा सदस्य चयनका लागि आगामी वैशाख–१५ गते हुन गइरहेको उपनिर्वाचन सबै राजनीतिक दलले प्रतिष्ठाको विषय बनाएका छन् । २०७९ को आम निर्वाचनमा उक्त क्षेत्रबाट निर्वाचित नेकपा (एमाले) का उपाध्यक्षसमेत रहेका सुवासचन्द्र नेम्वाङको निधन भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
कांग्रेसले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाएको छ । खड्का गत निर्वाचनमा स्वर्गीय सुवास नेम्वाङसँग झिनो मतले पराजीत भएका थिए । नेम्वाङको र खड्काबीचको मतान्तर जम्मा १४४ मात्रै रहेको थियो ।कांग्रेस यो उपनिर्वाचनको नतिजा जसरी पनि आफ्नो पोल्टामा पार्ने दाउमा छ । तर, यस पटकको उपनिर्वाचनको परिणाम सहज तरिकाले पार्टीको पक्षमा नआउने बुझेका गगन आफैं चुनावी अभियानमा सहभागी भएका छन् ।
इलाममा यो पटक चौपक्षीय प्रतिस्पर्धाको वातावरण निर्माण भएको छ । एमालेले स्वर्गीय सुवास नेम्वाङका कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाएको छ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वतन्त्र उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा होमिएका मिलन लिम्बुलाई उम्मेदवार बनाएको छ । त्यस्तै, पहिचानवादीहरुले डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाएको छ । इलाम–२ को उपनिर्वाचनमा खड्का, नेम्वाङ, लिम्बु र थेगिमबीच चौपक्षीय प्रतिस्पर्धा हुने निश्चित छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
