• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०६ असार २०८३, शनिबार
०६ असार २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

तराईमा जलवायुमैत्री धान उत्पादन बढाउन दक्षिण कोरियाको १.८१ अर्ब रुपैयाँ अनुदान
  • १८ घण्टा 

इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ
  • २१ घण्टा 

शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म
  • २२ घण्टा 

एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित
  • २२ घण्टा 

आईकार भी२३ ले जित्यो रेड डट अवार्ड : डिजाइन कन्सेप्ट २०२६
  • २३ घण्टा 

कालो चना खाने यो हो सही तरिका, बुढेसकालमा पनि देखिनेछ जवान
  • २४ घण्टा 

मृगौला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत
  • २४ घण्टा 

विश्वकप हेर्नेले तिरे ४६ हजारसम्म पार्किङ शुल्क, एक बोतल पानीको १ हजार रूपैयाँ
  • १ दिन 

आज पुर्वी तराईको भू-भागमा मध्यम बर्षा हुने
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नारायणी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार

  • २. युद्दबिराम सहमतिसँगै अमेरिका पुग्यो इरानी विश्वकपको टोली

  • ३. विश्वकप हेर्नेले तिरे ४६ हजारसम्म पार्किङ शुल्क, एक बोतल पानीको १ हजार रूपैयाँ

  • ४. काठमाडौँको मेरियट होटलमा ‘फ्लेभर्स अफ थाइल्याण्ड’ फेस्टिभल सुरु

  • ५. २०८३ जेठ ३१ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. मे महिनामा मात्रै चीनले गर्यो ९ लाख ३० हजार सवारीसधान निर्यात

  • ७. चीनले गरयो आठ उपग्रह बोकेको रकेटको प्रक्षेपण

  • ८. मृगौला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

  • ९. २०८३ असार ०३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल्

  • १०. आज तराईको भू-भागमा केही ठाउँमा गर्जन संग वर्षा हुने

एसीसी प्रिमियर कपमा नेपाल : फेरि भारत र पाकिस्तानसँग भेट पक्का गर्ने अवसर

जानकारी केन्द्र २०८०, चैत्र, २९

काठमाडौं। तुलनात्मक रुपमा सहज प्रतिद्वन्द्वी मलेसियासँग खेल्दै नेपालले एसीसी प्रिमियर कप सुरु गर्दैछ ।

भोलि शुक्रबार ओमानमा हुने नेपाल र मलेसियाको खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ बजे सुरु हुनेछ। १० देश सहभागी प्रतियोगितामा नेपालको लक्ष्य उपाधि रक्षा गर्दै क्रिकेटका पावर हाउस भारत र पाकिस्तानसँग फेरि प्रतिस्पर्धा गर्नु हुनेछ।

किनकि दुई महिनापछि हुने टी–२० विश्वकपमा नेपाल रहेको समूहमा भारत र पाकिस्तान परेन । सुपर एटमा पुग्यो भने मात्र भारत वा पाकिस्तानसँग खेल्ने अवसर जुर्नेछ। सुपर एटमा पुग्न दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्डस् रहेको समूह डीको शीर्ष दुईमा पर्नुपर्छ, जुन सहज छैन ।

एसीसी प्रिमियर कपमा उपाधि रक्षा गरेमा अर्को वर्ष एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने अवसर हुनसक्छ ।

छनोट प्रतियोगिताबाट गएको हङकङ एसिया कपमा चार पटक ९२००४, २००८, २०१८ र २०२२० नै भारत र पाकिस्तान रहेको समूहमा परेको थियो ।गतवर्ष पनि एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेलेको थियो । नेपाली खेलाडीहरुका लागि पाकिस्तानका बाबर आजम, मोहम्मद रिजवान, शाहिन शाह अफ्रिदी, अनि भारतका विराट कोहली, रोहित शर्मा जस्ता खेलाडीविरुद्ध खेल्नु आफैंमा ऐतिहासिक अवसर थियो ।

त्यसैले भोलि शुक्रबारदेखि ओमानमा सुरु हुने एसीसी प्रिमियर कपको च्याम्पियनले २०२५ मा एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने सम्भावना छ ।एसिया कपमा पुग्नु एसीसी प्रिमियर कपमा सहभागी सबै टोलीको लक्ष्य हो । प्रतियोगिताको समूह ए मा नेपाल, मलेसिया, साउदी अरेविया, कतार र हङकङ छन् भने समूह बी मा युएई, ओमान, बहराइन, कम्बोडिया र कुवेत परेका छन् ।

नेपाल टी–२० आई वरीयतामा १७ औं स्थानमा छ। र, नेपालभन्दा माथिल्लो बरियताको युएई (१६ औं) मात्रै हो । ओमान १८औं, हङकङ २१औं, मलेसिया २५औं, बहराइन २७औं, कतार २८औं र साउदी अरेविया ३१औं स्थानमा छन्।
२०१९ मा नेपाल ११औं वरीयतामा भएपनि विश्वकप टी–२० छनोटमा आफूभन्दा निकै तल्लो बरियतामा भएको कतार र घरेलु टोली सिंगापुरसँग पराजित भएको थियो । त्यसैले वरीयताभन्दा हरेक दिन सर्वोत्कृष्ट खेल बाहेक अर्को विकल्प छैन।

ब्याटिङ मुख्य हतियार, डेथ ओभर कमजोरी

नेपालको अन्तिम १४ सदस्य टोलीमा स्पिनर ललित राजवंशी र पेसर अभिनाश बोहरा बाहेक अन्य सबै राम्रो ब्याटिङ गर्दछन्। अभिनाश र ललित दुबै एकसाथ प्लेइङ–११ मा खेल्ने सम्भावना कम छ। खेल्दा पनि नेपालको ब्याटिङ ९ औं नम्बरसम्म हुनेछ ।

ओपनिङ आसिफ शेख र कुशल भुर्तेलले गर्नेछन् । तेस्रो नम्बरमा अनिलकुमार शाह, चौथो नम्बरमा रोहित पौडेल, पाँचौं नम्बरमा दीपेन्द्रसिंह ऐरी, छैटौंमा कुशल मल्ल र सातौंमा सन्दीप जोराको सम्भावना छ। त्यसपछि क्रमशः गुलशन झा, करण केसी, सोमपाल कामी आउने सम्भावना छ ।

यद्यपि टोलीको आवश्यकता र परिस्थिति अनुसार नेपालको ब्याटिङक्रम परिवर्तन हुने सम्भावना रहन्छ । प्रशिक्षक मोन्टी देशाईले खासगरी विकेट छिटो पतन भएको अवस्थामा गुल्सन झालाई चौथो नम्बरमा पठाउने गरेका छन् ।

दीपेन्द्र, कुशल भुर्तेल र कुशल मल्ल प्रमुख हतियार हुन् । रोहित र आसिफ इनिङ विकास गर्दै र बाँकी टी–२० शैलीमा खेल्नुपर्ने हुन्छ। खराब सुरुवात गर्दा पूनरागमन वा राम्रो सुरुवातमा विशाल योगफल बनाउने टोलीमा दम छ ।

यदि नेपाललाई केहीको चिन्ता छ भने त्यो डेथ ओभर बलिङ हो। डेथ ओभर स्पेशलिस्ट भनिएका अभिनाश मात्र होइन, अन्य बलरको प्रदर्शन राम्रो छैन। त्यसैले अन्तिम पाँच ओभर बलिङ नेपाललाई निकै चुनौतीपूर्ण हुनसक्छ।पछिल्लो समय घरेलु मैदानमा सानदार प्रदर्शन गरेको छ। एसोसिएटका सबै शीर्ष टोलीलाई घरेलु मैदानमा हराइसकेको छ।

तर नेपाल र ओमानको कन्डिसन फरक छ। ओमानको गर्मीमा खेल्न कठिन हुनसक्छ । पूर्वस्पिनर शक्ति गौचन भने नेपाली टोली भारतको गुजरातमा फ्रेन्डसिप कप खेलेर गएकाले कन्डिेसनले धेरै फरक नपर्ने विश्वास राख्छन्। ‘गुजरात र ओमानको कन्डिसन १९/२० नै हो । त्यहाँ खेलेको हुँदा कन्डिसनको समस्या नहुन सक्छ’,शक्तिले अनलाइनखबरसँग भने।

विदेशमा जित्न चुनौती

एसीसी प्रिमियर कप खेल्ने कुनै पनि टोलीलाई कमजोर भन्न मिल्दैन। टी–२० फर्म्याटमा एकले अर्कोलाई हराउन सक्छन्। यद्यपि डिफेण्डिङ च्याम्पियन नेपालसँगै हङकङ, यूएई र घरेलु टोली ओमानलाई उपाधि दावेदार मानिएको छ ।हङकङले पछिल्लो समय अन्तराष्ट्रिय प्रतियोगिताहरुमा राम्रो गर्न सकेको छैन ।

गतवर्ष नेपालले प्रिमियर कपको फाइनल र आईसीसी विश्वकप एसिया टी–२० छनोटको सेमिफाइनल दुवैमा नेपालले घरेलु मैदानमा युएईलाई हराएको थियो। तर ओमानले गत नोभेम्बरमा भएको टी–२० विश्वकप एपयिा छनोटको समूह चरण र फाइनल दुबैमा नेपाललाई घरेलु मैदानमै आएर हराएको थियो ।

यो पटक विदेशी भूमिमा खेलेर पनि उपाधि जित्नुपर्ने चुनौती नेपाली टोली सामू छ। ‘घरेलुमा हाम्रो धेरै पहिलादेखि इतिहास राम्रो छ । विदेशमा समस्या पर्दै आएको छ’ पूर्वकप्तान ज्ञानेन्द्र मल्ल भन्छन्,‘अहिले टोली जुन लयमा छ, जस्तो तयारी गरेको छ, त्यसले यो चुनौती सहज रुपमा चिर्छ जस्तो मलाई लाग्छ ।’

पूर्व स्पीनर शक्ति गौचन पनि एसिया कपमा पुग्दा भारत र पाकिस्तान जस्ता देशसँग खेल्न पाउने भएकाले त्यसअनुसार नै खेल्नुपर्ने बताउँछन्। ‘राम्रो प्रदर्शन गर्दा आईसीसीले पनि हेर्छ । एसिया कपमा पुग्न सके नेपाली क्रिकेटको लागि एकदमै ठूलो प्लेटफर्म हुनेछ’ उनले भने, ‘त्यो सोचेर खेल्नु पर्‍यो ।’

नेपालको टोली :

रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी. र अभिनाश बोहरा।

नेपालको खेल तालिका

चैत्र ३० शुक्रबार – नेपाल र मलेसिया, दिउँसो ४ :१५

वैशाख १ शनिबार– नेपाल र कतार, दिउँसो ४ : १५

वैशाख ३ सोमबार – नेपाल र हङकङ, मध्याह्नन ११ : ४५

वैशाख ५ बुधबार – नेपाल र साउदी अरेविया, मध्याह्नन ११ : ४५

बैशाख ७ शुक्रबार – सेमिफाइनल

वैशाख ८ शनिबार –तेस्रो स्थानको लागि

वैशाख ९ आइतबार – फाइनल

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
तराईमा जलवायुमैत्री धान उत्पादन बढाउन दक्षिण कोरियाको १.८१ अर्ब रुपैयाँ अनुदान
इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ
शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म

ताजा

तराईमा जलवायुमैत्री धान उत्पादन बढाउन दक्षिण कोरियाको १.८१ अर्ब रुपैयाँ अनुदान

इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ

शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म

एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.