इरान–इजरायल युद्दको खतरा, इरानले एअरस्पेश बन्द गरेर सुरू गर्यो युद्द अभ्यास
तेहरान । गाजा पछि इजरायलले इरानको हमला सामाना गर्नु पर्ने सम्भावना बढेर गएको छ । सिरियामा रहेको इरानी दुतावासमा हमला गरेर बरिष्ठ अधिकारीहरू मारे पछि इरानले बदला लिने जनाइसकेको छ । इरानले इजरायल माथी हमला गरे अमेरिका चुप लागेर नबस्ने भन्दै जो वाइडेनले इजरायलको सुरक्षाका लागि ‘फलामे ढाल’ बनेर उभिने जनाइसकेका छन् । जसका कारण मध्य पुर्व एसियामा थप दन्द्द बढने सम्भावनालाइ नजर अन्दाज गर्ने अवस्था भने छैन ।
यसैबिचमा, अमेरिकी मिडियाले इरानवाट हुन सक्ने सम्भावित खतरालाइ लिएर ठूलो दाबी गर्न थालेका छन । उनीहरूका अनुसार इरानले आणविक बम बनाउने प्रयास गरिरहेको र जसका लागि तीव्र गतिमा परमाणु सामग्री अर्थात् युरेनियम जम्मा गरिरहेको बताए । इरानले आणविक बम बनाउने आफ्नो मनसाय नभएको बताउँदै आएको भए पनि अमेरिकी अधिकारीहरूले इरानले आणविक बम बनाउन सक्ने डर भने कायमै रहेको छ ।
इजरायल र उसको आणविक कार्यक्रमलाई लिएर अमेरिका र इरानबीच पहिले देखि नै तनाव छ । इजरायलले एक इरानी कमाण्डरको हत्या गरे पछि इरानले इजरायलविरुद्ध बदला लिने डर बढेको छ। वासिङ्टन पोस्टका अनुसार इरानले आफूले कुनै आणविक बम नबनाउँदै आएको बताउँदै आएको छ तर सो देशसँग पर्याप्त युरेनियम छ कि उसले त्यसबाट कम्तीमा तीनवटा परमाणु बम बनाउन सक्छ। इरानले केही दिन वा हप्ताभित्रै यो गर्न सक्ने विश्वास गरिएको छ ।उता, इरानी मिडियाका अनुसार इरानले एयरस्पेस बन्द गरेर इरानी सेना युद्धाभ्यासमा उत्रिएका छन् ।
जसका कारण जर्मन एयरलाइन्स लुफ्थान्सा एयरलाइन्सले बिहीबार तेहरानका लागि सबै उडानहरू स्थगित गरेको थियो । मध्यपूर्वका सबै देशहरू हाल इरानबाट हुन सक्ने आक्रमणको खतरालाई लिएर अलर्टमा रहेकाे जनाएका छन् ।अरबी भाषामा प्रकाशित इरानी समाचार एजेन्सीको रिपोर्ट अनुसार इरानले सैन्य अभ्यास गर्नका लागि राजधानी तेहरानमाथिको आफ्नो हवाई क्षेत्र बन्द गरेको छ। तर पछि इरानी मिडियाले यो रिपोर्ट हटाएको थियो।
सम्बन्धित समाचार
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

