करेन्ट लागेर खेत जोत्दै गरेका ट्रयाक्टर चालकको निधन
सर्लाही । सर्लाहीको ब्रह्मपुरीमा करेन्ट लागेर खेत जोत्दै गरेका ट्रयाक्टर चालकको ज्यान गएको छ । शुक्रबार बिहान चैते धान रोप्न खेत बनाउँदै गर्दा पानी तान्ने मोटरबाट करेन्ट लागेर खेत ट्रयाक्टर चालकको ज्यान गएको प्रहरीले जनाएको हो ।
प्रहरीका अनुसार ज १ त ४११४ नम्बरको ट्रयाक्टर चालक ब्रह्मपुरी गाउँपालिका–२, निवासी २७ वर्षीय राजेश पासवानको करेन्ट लागेर मृत्यु भएको हो । चालक पासवानलाई खेतमा पानी पठाइरहेको मोटरबाट करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर बनेका पासवानलाई तत्काल उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए । पासवानको शव परिक्षणको लागि प्रादेशिक अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
