Jankari Kendra
२१ भाद्र २०८३, आईतवार
Worldlink

करेन्ट लागेर खेत जोत्दै गरेका ट्रयाक्टर चालकको निधन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, चैत्र, ३०
करेन्ट लागेर खेत जोत्दै गरेका ट्रयाक्टर चालकको निधन

सर्लाही । सर्लाहीको ब्रह्मपुरीमा करेन्ट लागेर खेत जोत्दै गरेका ट्रयाक्टर चालकको ज्यान गएको छ । शुक्रबार बिहान चैते धान रोप्न खेत बनाउँदै गर्दा पानी तान्ने मोटरबाट करेन्ट लागेर खेत ट्रयाक्टर चालकको ज्यान गएको प्रहरीले जनाएको हो ।

प्रहरीका अनुसार ज १ त ४११४ नम्बरको ट्रयाक्टर चालक ब्रह्मपुरी गाउँपालिका–२, निवासी २७ वर्षीय राजेश पासवानको करेन्ट लागेर मृत्यु भएको हो । चालक पासवानलाई खेतमा पानी पठाइरहेको मोटरबाट करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर बनेका पासवानलाई तत्काल उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए । पासवानको शव परिक्षणको लागि प्रादेशिक अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Top Changing Nepal

युट्युब सट्स