अनेम संघ दाङको अध्यक्षमा शर्मा सर्वसम्मत
घोराही । अखिल नेपाल महिला संघ दाङको अध्यक्षमा लक्ष्मी शर्मा सर्वसम्मत निर्वाचित भएकी छिन् ।
घोराहीमा भएको नवौं जिल्ला अधिवेशनले शर्माको अध्यक्षतामा ५३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षहरुमा युवा करारा र शोभा खड्का, सचिवमा पशुपति चौधरी, उपसचिवमा रेखा केसी र कोषाध्यक्षमा कमला देउजा निर्वाचित भएका हुन ।
अनेम संघ दाङकी अध्यक्ष हुमा डिसीको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य तथा अनेमसंघकी केन्द्रीय उपाध्यक्ष मेनका पोख्रेलको प्रमुख आतिथ्यमा भएको अधिवेशन उद्घाटन अवसरमा बोल्दै प्रमुख अतिथी पोख्रेलले अनेमसंघकै आन्दोलनबाट महिला प्रतिनिधित्वको जग बसेको बताइन ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्यहरु सीता सिग्देल न्यौपाने, कोमल वली, साजिदा सिद्धिकी, अनेमसंघ लुम्बिनी प्रदेश अध्यक्ष अछरी पोख्रेल, एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेत, उपाध्यक्ष राममणी पाण्डे, सचिव मनोहर बुढाथोकी, अनेम संघ दाङकी इन्चार्ज तुलसा केसीलगायतले शुभकामना व्यक्त गरेका थिए ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

