अनेम संघ दाङको अध्यक्षमा शर्मा सर्वसम्मत
घोराही । अखिल नेपाल महिला संघ दाङको अध्यक्षमा लक्ष्मी शर्मा सर्वसम्मत निर्वाचित भएकी छिन् ।
घोराहीमा भएको नवौं जिल्ला अधिवेशनले शर्माको अध्यक्षतामा ५३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षहरुमा युवा करारा र शोभा खड्का, सचिवमा पशुपति चौधरी, उपसचिवमा रेखा केसी र कोषाध्यक्षमा कमला देउजा निर्वाचित भएका हुन ।
अनेम संघ दाङकी अध्यक्ष हुमा डिसीको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य तथा अनेमसंघकी केन्द्रीय उपाध्यक्ष मेनका पोख्रेलको प्रमुख आतिथ्यमा भएको अधिवेशन उद्घाटन अवसरमा बोल्दै प्रमुख अतिथी पोख्रेलले अनेमसंघकै आन्दोलनबाट महिला प्रतिनिधित्वको जग बसेको बताइन ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्यहरु सीता सिग्देल न्यौपाने, कोमल वली, साजिदा सिद्धिकी, अनेमसंघ लुम्बिनी प्रदेश अध्यक्ष अछरी पोख्रेल, एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेत, उपाध्यक्ष राममणी पाण्डे, सचिव मनोहर बुढाथोकी, अनेम संघ दाङकी इन्चार्ज तुलसा केसीलगायतले शुभकामना व्यक्त गरेका थिए ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
