अज्ञात समूहले काटिदिए वार्षिक तीन करोडमा विक्री हुने बुद्धचित्तको रूख
काठमाडौं। काभ्रेको रोशी गाउँपालिका–५, सीसाखानीस्थित ठाकुरानी तामाङको बारीमा रहेको बुद्ध चित्तको बोट अज्ञात समूहले काटिदिएको छ । हिजो राति हात हतियारसहित आएको २०/२२ जनाको समूहरुले बुद्धचित्तको रूख काटिदिएका हुन् ।
उक्त बुद्धचित्तको रूख वार्षिक ३ करोड रुपैयाँमा सत्यमान लामा र सन्दीप त्रिपाठीलाई पाँच वर्षका लागि बेचिएको थियो । उक्त रूखमा बजारमा धेरै राम्रो मानिने बुद्धचित्त फल्ने गरेको बताइएको छ । बुद्धचित्तको रूख किन्ने बेलामा पनि दुई समूहबीच हानाथाप भएको बताइएको छ ।
घटनालगत्तै उक्त ठाउँमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ । अहिले उक्त प्रकरणमा प्रहरीले मानबहादुर तामाङ (सिजन) लाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताइएको छ ।
सत्यमान लामा र सन्दीप त्रिपाठीले बुद्धत्तिच खरिदका लागि ठाकुरानीका छोरा शेरबहादुरलाई पहिलो वर्षको रकम ३ करोड रुपैयाँ बुझाइसकेका थिए । घटनास्थलमा जनमुक्ति सेना लेखिएको टिसर्ट र केही विस्पोटक पदार्थसमेत फेला परेको बताइएको छ ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

