साझ सात बजेपछि फुटसल खोल्न नपाइने
काठमाडौंका फुटसल (इन्डोर फुटबल) एरिनालाई प्रहरीले पहिलोपटक नियमनको दायरामा ल्याएको छ । बिहीबार काठमाडौंका सबै फुटसल बन्द गराएको प्रहरीले भोलिपल्टै फुटसल सञ्चालकहरूसँग १८ बुँदे सहमति गरेर प्रतिबद्ध फुक्का गरेको हो । जिल्ला प्रशासन कार्यालय र सबै फुटसल सञ्चालकबीच प्रशासन कार्यालयमा शुक्रबार भएको छलफलपछि १८ बुँदे सहमति भएको हो । काठमाडौंभित्र ५१ वटा फुटसल एरिना सञ्चालनमा छन् । ललितपुर र भक्तपुरमा फुटसललाई भने अनुगमनको मापदण्डमा ल्याइएको छैन ।
यस्ता छन् सहमतिका सर्त
दुई पक्षबीच भएको सहमतिअनुसार अब बेलुका ७ बजेपछि फुटसल खेल्न पाइने छैन । जुवा प्रकृतिको बाजीमा फुटसल खेलाउन नपाइने, तीन महिनाभित्र सिसिटिभी जडान गर्नुपर्ने, मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने, साउन्ड पुफ्र बनाउनुपर्नेलगायतका सर्त सञ्चालकहरूले मानेपछि बन्देज फुक्का गरिएको प्रशासनले जनाएको छ ।
स्थानीयको उजुरीपछि प्रहरीको कारबाही
बिहीबार अचानक प्रहरीले फुटसल बन्द गराएपछि फुटसल सञ्चालकहरू आक्रोशित भएका थिए । स्थानीय र अभिभावकहरूबाट व्यापक उजुरी आएपछि फुटसल मापदण्ड बनाउन प्रहरीले बन्द गराएको थियो । प्रहरीले दादागिरी देखाएको भन्दै केहीले त्यसको आलोचनासमेत गरेका थिए ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

