देशमा युवा पुस्ताले आफ्नो भविष्य देख्न सकेनन्- पूर्वराजा ज्ञानेन्द्र
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा नयाँ पुस्ताले आफ्नो सुनौलो भविष्य नदेखेर भौतारीएको टिप्पणी गरेका छन् । नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले देशवासीको सुख समृद्धिमा समयबद्ध सुधार नभएको बताउदै युवा पुस्ताले पनि आफ्नो भविष्य नदेखेको बताएका हुन् ।
उनले आफ्नो सन्देशमा भनेका छन्-‘नेपालको हालसालको इतिहासमा विधि, व्यवस्था, शब्द र रुप जति बदलिए पनि गुणसार तथा अर्थमा कुनै गुणात्मक परिवर्तन हुन सकेको छैन। आज आम नेपालीको चिन्ता यही विषयमा छ। न देशको गौरब गरिमा बढेको छ, न त देशवासीको सुख समृद्धिमा समयबद्ध सुधार आएको छ। जान्ने बुझ्ने बुढापाकाहरु अतीतलाई सम्झेर दिक्दारीमा देखिन्छन् त नयाँ युवा पुस्ता देशमा आफ्ना सुनौलो भविष्य नदेखेर भौंतारिएका छन् ।’
पूर्व राजाले देशको युवा शक्ति पलायन हुँदै जानु गम्भीर विषय भएको बताउदै शिक्षा, स्वास्थ्य, इलम, उद्यम, उत्पादन, लगानी, व्यापार, व्यवसाय र रोजगारीको ब्यवस्था खस्किँदै जानु विडम्बना भएको बताएका छन् ।
पूर्व राजाको शुभकामना सन्देश:

सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

