• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • शिक्षा
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२० फागुन २०८२, बुधबार
२० फागुन २०८२, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • शिक्षा
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने

२०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा

ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

निर्वाचन विदामा पनि बैंकिङ सेवा उपलब्ध

२०८२ फागुन २० गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

सर्लाहीमा ड्युटिमा रहेका मतदान अधिकृतको निधन

सुनको मूल्यमा वृद्धि,चाँदीमा भने गिरावट : कतिमा हुँदैछ कारोबार ?

मार्च महिनामा यस्तो रहेको छ तपाईको मासिक राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ फागुन १५ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ फागुन १८ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ३. मध्यपूर्वमा पुनः चकिर्यो तनाव,इरानद्धारा अमेरिकी अड्डामा क्षेप्यास्त्र प्रहार

  • ४. २०८२ फागुन १९ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ फागुन १७ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ फागुन १६ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. मतदानका दिन कस्ता सवारीचालकले मात्रै पाउँछन सवारी पास ?

  • ८. भारतकै टप ब्राण्ड मध्येको एक एम्पीयर नेपालमा सार्वजनिक

  • ९. इरानी हवाई आक्रमण : यूएईमा एक नेपाली सहित तीन जनाको मृत्यु

  • १०. मार्च महिनामा यस्तो रहेको छ तपाईको मासिक राशिफल

ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल सलहेस फूलबारीमा आजमात्र फुल्ने फुल हेर्न आउनेको घुईंचो

सिरहा । प्रत्येक नयाँ बर्षको पहिलो दिन अर्थात बैशाख १ गतेमात्र फुल्ने फुल दर्शन गर्न बिहानैदेखि लहान नगरपालिकास्थित ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल सलहेस फूलबारीमा सर्वसाधारणको ठुलो भिड लागेका छन्।

पूर्व पश्चिम राजमार्गसँगै जोडिएको लहान नगरपालीकाको १२ र २२ नम्वर वडामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल सलहेश फूलवारीमा आजकै दिन मात्र फुल्ने फुल दर्शन गर्न आउने दर्शनार्थीहरुको भिड लागेका हुन्।

राजा सलहेसको ऐतिहासिक गाथा बोकेको सलहेश फूलबारीमा रहेको हारम जातको रुखमा फूल्ने फूल हेर्न नेपाल तथा भारतबाट हजारौंको संख्यामा प्रत्यक वर्षझैं यस वर्षपनि दर्शनार्थीहरु बिहानैदेखि भिडलाग्न थालेको सञ्चारकर्मीसमेत रहेका स्थानीय अनुभक्त चौधरीले जानकारी दिए।

सलेहश गाथामा उल्लेख गरिएअनुसार सिरहाको महिसोथामा जन्मिएका लोक नायक सलहेश फूल टिप्ने र प्रणयस्थलको रुपमा यो फूलबारी रहेको मानिन्छ। आफ्नो क्षेत्रमा लोक नायकको रुपमा पुजिने राजा सलहेश र प्रेमिका मालिनीको प्रेम प्रतीकको रुपमा लिइने सुनाखरी फूलको माला हेर्न मानिसहरुको भिड लाग्ने गरेको मन्दिरका पूजारी जितेन्द्र सिंह धामी जानकारी दिए।

उनका अनुसार तेह्रौं शताब्दीका लोकनायक सलहेश र विराट राजाकी छोरी मालिनीबीच प्रगाढ प्रेम सम्बन्ध रहेको तर, सलहेसले कारणवस अरुनै स्त्रिसंग विवाह गरेपनि उनीहरु विचको प्रेममा कुनै कमी नआएको भन्ने लोकोक्ती रहेको छ।

सोही प्रेमको प्रतिकको रुपमा बैशाख १ सुनाखरीको फूल फुल्ने जनविश्वास रहेको छ। सलहेश तराईका पासवान जातीको इष्टदेव रहेको र तेह्रौ शताब्दीका लोक नायक भएकोले सलहेशको पूजाअर्चना गर्नाले मनोकाक्षां, सन्तान प्राप्ति, चर्म रोग, कुष्ट रोग लगायतका रोग ब्याधि हरण हुने जन विश्वास समेत रहेको छ। फूलबारी भित्र दुर्लभ जातीका जडीबुटीहरु समेत रहेको बताइन्छ।

प्रत्येक वर्ष बैशाख १ गते एक जोडी माला आकारमा फूल्ने फूल राजा सलहेश र उहाँकी पे्रमिका मालिनीको पे्रम प्रतिकका रुपमा फूल्नेगरेको जनविश्वास छ। ती माला र मेला हेर्न सिरहा, सप्तरी, उदयपुर, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही तथा भारतका निकटवर्ती गाउँहरुबाट सर्वसाधारणहरुको घुँइचो लागेका छन्।

पर्यटकीय महत्व बोकेका विभिन्न दर्शनीय स्थलहरु मध्ये सिरहाको सलहेश फुलवारी अन्य दिन पर्यटकहरु पुग्ने गरेपनि आज नयाँ वर्षको दिन  विशेष पूजा अर्चना गर्ने श्रद्धालु भक्तजनहरुको ठूलो भिड लाग्ने गरेको छ। हरेक वर्षको चैत मसान्त र वैशाख संक्रान्तिका बेला दुई दिन मात्र फुलेर मालाको आकार ग्रहण गर्ने सलहेशको सुगन्धका लागि निकै मानिस भेला हुन्छन् र ठूलो मेला पौराणिककालदेखि लाग्दै आईरहेको छ।

सलहेश फूलवारी मेला व्यवस्थित गर्न यस वर्ष फूलबारी क्षेत्रमित्र सामानहरु बेच्न प्रतिवन्ध लगाएको छ। दर्शनार्थीहरुको सहजताको लागि फूलबारी क्षेत्रभन्दा बाहिरमा सवैलाई सहज हुनेगरी सामान विक्रिका स्टलहरु निर्माण गर्न दिईएको मेला समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने
२०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा

लोकप्रिय

२०८२ फागुन १५ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन १८ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

मध्यपूर्वमा पुनः चकिर्यो तनाव,इरानद्धारा अमेरिकी अड्डामा क्षेप्यास्त्र प्रहार

२०८२ फागुन १९ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन १७ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

ताजा

मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने

२०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा

ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने
  • २०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
  • एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा
  • ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • निर्वाचन विदामा पनि बैंकिङ सेवा उपलब्ध

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.