राजा फर्किने कुरा सम्भव छैन : सभापति देउवा
काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अब नेपालमा राजा र राजसंस्था फर्किन असम्भव रहेको बताएका छन् । आज (आइतबार) स्वर्गीय सूर्यबहादुर थापाको स्मृति सभालाई सम्बोधन गर्दै उनले राजतन्त्र र राजा फर्किन सम्भव नरहेको दाबी गरेका हुन् । सरकारमा को छ, को छैनभन्दा पनि संसारभर लागू भएको बहुदलीय व्यवस्था नेपालमा अझ सुदृढीकरण गरेर लैजानुपर्ने उनको भनाइ छ ।
को सरकारमा छ, को सरकारमा छैन भन्दा पनि अहिलेको महत्वपूर्ण कुरा के छ भने यो बहुदलीय व्यवस्था आएको छ । यसको सदृढीकरण आवश्यक छ । संसारभरी लागू भएको बहुदलीय व्यवस्था नेपालमा पनि लागू भएको छ । यसलाई अझ सुदृढ गर्दै जानुपर्छ,’– सभापति देउवाले भने ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तर्फ लक्षित गर्दै उनले केही मानिसहरु राजा फर्काउँछौं भन्दै हिँडेपनि त्यो असम्भव रहेको बताए । सभापति देउवाले वर्तमान व्यवस्थामा धेरै कुरा सुधारको गर्नुपर्ने आवश्यकता पनि औंल्याए । अहिलेकै निर्वाचन प्रणालीमा एकै पार्टीको बहुमत वा दुई तिहाइ सम्भव नभएकाले सुधार गर्नुपर्ने कुरालाई सहमतिमै टुङ्ग्याएर वर्तमान व्यवस्थालाई सर्वस्वीकार्य बनाउनुपर्ने उनको भनाइ छ ।
‘नेपालमा गणतन्त्र आएको छ । यद्यपि फेरि राजा फर्काउन पर्यो भन्दै हिँडेका छन् मान्छेहरु । मलाई लाग्दैन राजा फर्किन्छ भनेर । यही व्यवस्थालाई सर्वस्वीकार्य बनाएर लैजाऔं । धेरै कुराहरु सुधार गर्नुपर्ने भएपनि यसमा सहमतिविना दुई तिहाइ चाहिन्छ । केही कन्फ्युजन छन् भने पनि यसलाई सुधार गर्ने ठाउँहरु छन् । राजा फर्काउने कुरा असम्भव देख्छु,’– उनले भने ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
