केजरीवालले सर्वोच्चबाट पनि पाएनन् राहत
काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सर्वोच्च अदालतबाट पनि तत्कालका लागि राहत पाउन असफल भएका छन् ।सोमबार सर्वोच्च अदालतले केजरीवाल पक्राउको विषयमा प्रवर्तन निर्देशनालय (ईडी) लाई नोटिस जारी गर्दै २४ अप्रिलसम्म जवाफ दिन निर्देशन दिएको छ । अदालतले अब अप्रिल २९ मा केजरीवाल मुद्दाको सुनुवाइ गर्ने भएको छ ।
केजरीवालका वकिलले अप्रिल १९ मा सुनुवाइका लागि मुद्दाको सूची बनाउन माग गरेका थिए तर सर्वोच्च अदालतले चाँडै सुनुवाइ गर्न अस्वीकार गर्दै मुद्दालाई २९ अप्रिलमा सुनुवाइका लागि सूचीकृत गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
सर्वोच्चका न्यायाधीश सञ्जीव खन्ना र न्यायमूर्ति दिपङ्कर दत्तको इजलासले केजरीवालको याचिकामा सुनुवाइ गर्नेछ । केजरीवालले यस अघि आफ्नो गिरफ्तारीलाई चुनौती दिँदै दिल्ली उच्च न्यायालयमा पुगेका थिए तर उच्च न्यायालयबाट उनले राहत पाएनन्, त्यसपछि केजरीवाल सर्वोच्च अदालत पुगेका हुन् ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
