इलाम र बझाङबाहेकका जिल्लामा मतदाता नामावली दर्ता तथा अद्यावधिक सुचारु
काठमाडौँ । निर्वाचन आयोगले आजदेखि उपनिर्वाचन हुने इलाम र बझाङबाहेकका जिल्लामा मतदाता नामावली दर्ता र अद्यावधिक सुरु गरेको छ । आयोगले उपनिर्वाचन प्रयोजनका लागि गत फागुन १४ गतेदेखि मतदाता नमावली दर्ता कार्य स्थगित गरेको थियो ।
आयोगले उपनिर्वाचन हुने इलाम र बझाङमा यही वैशाख २५ गतेदेखि प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट साविकमा झैँ मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य थालिने जनाएको छ ।
पेसा, व्यवसाय वा अन्य कुनै कारणले आफ्नो स्थायी ठेगाना भन्दा फरक अर्को कुनै जिल्लामा बसोवास गरिरहेका व्यक्तिले नाम दर्ताका लागि आवश्यक प्रमाण सहित प्रि–रजिष्ट्रेशन प्रणालीमार्फत आवेदन गर्न सक्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
त्यसरी आवेदन गर्ने व्यक्तिको नाम निजको स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्लामा मतदाता नामावली सङ्कलनको कार्य विगतमा जसरी नै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयले गर्ने व्यवस्थालाई निरन्तरता दिइएको उनले जानकारी दिए ।
मतदाता नामावली अद्यावधिक कार्य सुरु भएसँगै नामावलीमा रहेको नाम, जन्म मिति, नागरिकतासम्बन्धी विवरण, बाबुको नाम, आमाको नाम, पति वा पत्नीको नाम, बाजेको नाम तथा वडाभित्रको मतदानस्थललगायत विवरणमा रहेको त्रुटि सच्याउन सकिने आयोगले जनाएको छ।
मतदाताको नामावली सार्न, मतदाताको दोहोरो नाम हटाउन, नागरिकता त्याग, रद्द तथा मृत्यु भई नामावलीबाट नाम हटाउनका लागि निवेदन दिन र झुठा विवरण दिई मतदाता नामावलीमा नाम समावेश भएको भए उजुरी दिनसमेत सकिने आयोगले जनाएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
