कांग्रेसद्वारा सल्यानका सभापतिमाथि भएको सांघातिक आक्रमणको भर्त्सना
जानकारी केन्द्र
२०८१, बैशाख, ३
काठमाडौँ । नेपाली कांग्रेसले सल्यानका सभापति केशबहादुर विष्टमाथि भएको सांघातिक हमलाको भर्त्सना गरेको छ ।
कांग्रेसले सोमबार एक विज्ञप्ति जारी गर्दै कर्णाली प्रदेश स्तरीय संगठन सुदृढ यात्राको सिलसिलामा कालिकोटबाट सल्यानतर्फ फर्कने क्रममा सल्यानको वनगाड कुपिण्डे नगरपालिका स्थित वालुवा संग्रहि भन्ने स्थानमा गत चैत्र २९ गते बेलुका नेपाली कांग्रेस जिल्ला कार्यसमिति सल्यानका सभापति विष्ट माथि गरिएको सांघातिक आक्रमणको घटनालाई गम्भीर रुपमा लिएको जनाएको छ ।
कांग्रेसले यस घटनाको घोर निन्दा र भत्र्सना गर्दै घटनाको यथार्थ छानविन गरी दोषीलाई कानूनी कारवाहीका लागि सरकारसँग जोडदार माग गरेको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
