म्याक्सवेलले लिए आइपिएलबाट अनिश्चितकालीन विश्राम
काठमाडौँ । अष्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले आइपिएलको यस सिजनबाट बाहिरिने निर्णय गरेका छन् । आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरूबाट खेलिरहेका म्याक्सवेलले आइपिएलबाट अनिश्चितकालीन विश्राम लिने निर्णय गरेको जानकारी गराएका हुन् । सोमबार राति सनराइजर्स हैदरावादसँग बैंगलुरुको हारपछि म्याक्सवेलले सो जानकारी गराएका हुन् ।
खराब फर्मका कारण म्याक्सवेलले यो सिजन निकै आलोचनाको सामना गर्नु परेको छ । उनी सनराइजर्सविरुद्धको प्लेइङ–११ मा पनि सहभागी भएनन् । उनको स्थानमा विल ज्याकले प्लेइङ–११ मा खेलेका थिए । म्याच पछि, म्याक्सवेलले आफैंले कप्तान फाफ डुप्लेसिसलाई अरू कसैलाई टिममा राख्न आग्रह गरेको बताएका थिए ।
म्याक्सवेलले अहिले आफ्नो मानसिक र शारीरिक अवस्था राम्रो नभएको बताए । त्यसैले उनले विश्राम लिने निर्णय गरेको बताए । तर, म्याक्सवेलले आइपिएल कहिलेसम्म नखेल्ने वा अर्को सिजनमा पनि पुनरागमन गर्ने नगर्ने भन्नेबारे भने केही बताएनन् ।
म्याक्सवेलले भने- ‘म यसअघि पनि यस्तो अवस्थामा थिएँ । यदि तपाईं चाहनुहुन्छ भने, तपाईं खेल जारी राख्न सक्नुहुन्छ र आफैलाई अन्धकारमा धकेल्न सक्नुहुन्छ । जे होस्, मलाई लाग्छ कि अहिले मेरो लागि एक मानसिक र शारीरिक विश्राम दिने मौका हो, मेरो शरीरलाई ठीक गर्नको लागि राम्रो समय हो । यदि मैले प्रतियोगितामा खेल्न आवश्यक छ भने, म बलियो मानसिक र शारीरिक अवस्थामा फर्केर प्रभाव पार्ने प्रयास गर्नेछु ।’
म्याक्सवेलले मानसिक थकानका कारण खेलबाट ब्रेक लिएको यो पहिलो पटक भने होइन । तर, अहिले उनको अवस्था राम्रो नभएपछि उनले ब्रेक लिने निर्णय गरेका छन् र फ्रान्चाइजीहरुलाई अन्य विकल्प प्रयोग गर्न सल्लाह दिएका छन् । म्याक्सवेलले यो सिजन अहिलेसम्म ६ खेलमा ५.३३ को औसत र ९४.१२ को स्ट्राइक रेटमा जम्मा ३२ रन बनाएका छन् भने ४ विकेट लिएका छन् ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
