आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं । अर्जुनधारा नगरपालिका-६ पाथिभरा टोल बस्ने प्रदिप मित्तलको घरमा पार्किङ गरी राखेको प्रदेश-१-०१-०१६ प ३३९६ नम्बरको स्कुटरमा सोमबार बिहान आगलागी हुँदा स्कुटर पूर्णरूपमा जलेर क्षति भएको नेपाल प्रहरीले बताएको छ।
प्रहरीका अनुसार बनगाड कुपिण्डे नगरपालिका-११ घरेली रातामाटास्थित दुई खोलाको जंगलमा आइतबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ४२ वर्षीया धनमाया कामीको गोठमा समेत आगलागी हुँदा करिब १ लाख २५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । साथै उक्त आगलागीबाट सोही ठाउँस्थित कालाखोला खानेपानी आयोजनाको पाईप समेत जलेर करिब ६८ हजार ४ सय रूपैयाँ बराबरको क्षति भएको बताइएको छ ।
त्यस्तै गरेर धुनिवेशी नगरपालिका-६ कालिदेवीस्थान बस्ने कबिता बानियाँको घरमा विद्युत सर्ट भई सोमबार बिहान आगलागी हुँदा घर, घरमा रहेको अन्नपात, लत्ताकपडा जलेर पूर्णरूपमा नष्ट भएको प्रहरीले जनाएको छ । क्षतिको विवरण हाल खुलेको छैन । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
