लुम्बिनीका संसदीय समिति सर्वसम्मत चुनिदै
बुटवल । लुम्बिनी प्रदेश सभाका सात विषयगत समितिका सभापति सर्वसम्मत चयन हुदै छन् । छ विषयगत समिति र एक विषेशाधिकार समिति गरी सात समितिमा एकल उम्मेदवारी परेपछि सभापति सर्वसम्मत चयन हुने भएका हुन् ।
लुम्बिनी प्रदेशका विषयगत समितिको नेतृत्वका विषयमा दलहरुबीच यसअघि नै सहमति भएको थियो । जस अनुसार एमालेले विशेष अधिकारसहित ३ समिति, नेपाली कांग्रेसले २ र नेकपा माओवादी केन्द्रले २ समितिको नेतृत्व गर्ने सहमति भएको थियो ।
जस अनुसार प्रदेश मामिला तथा कानुन समितिमा दिलकुमारी बुढा (माओवादी केन्द्र) , सामाजिक विकास समितिमा यमबहादुर नेपाली (माओवादी केन्द्र), कृषि, वन तथा वातावरण समितिमा विश्वप्रेम पाठक (काँग्रेस) , सार्वजनिक लेखा समितिमा माया पुन (कांग्रेस) , भौतिक पूर्वाधार विकास समितिमा रामजीप्रसाद घिमिरे (एमाले), अर्थ, उद्योग तथा पर्यटन समितिमा राजुप्रसाद श्रेष्ठ (एमाले) र विशेष अधिकार समितीमा गिरीधारीलाल न्यौपाने (एमाले) को एकल उम्मेदवारी परेको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
