हाडनाता करणीपछि बालिकाको हत्या, पेटमा थियो १८ हप्ताको गर्भ
कैलाली । बैतडीमा एक बालिका हराएको दुई दिनपछि मृत फेला परेको घटनामा प्रहरीले अनुसन्धान गर्दा हाडनाता करणीपछि हत्या भएको खुलेको छ । पुर्चौडी नगरपालिका ४ रातोमाटीमा बालिकाको पेटमा गर्भ रहेपछि हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक गिरीले गत चैत २६ गते दिउँसो घटना भएको भएपनी २८ गते मात्रै बालिकाको शव फेला परेको प्रहरी अनुसन्धानबाट खुलेको बताए ।
बालिकाको काका नाता पर्नेले पटकपटक यौन सम्पर्क राख्ने गरेको र पेटमा १८ हप्ताको गर्भ रहेपछि बालिकाको हत्या गरेको स्वीकार गरेको डीएसपी गिरिले बताए ।
डडेल्धुरा अस्पतालमा गरिएको पोष्टमार्टम रिपोर्टमा बालिकाको टाउकोमा चोट लागेको र उनको पेटमा १८ हप्ताको बच्चा रहेको खुकेको डीएसपी गिरिले बताए ।
गत वर्ष मात्रै भागी विवाह गरेकी १७ वर्षिया बालिका हराएपछि खोजतलास थालिएको थियो । खोजीका क्रममा उनको शव फेला परेको थियो ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
