मजदुरी गर्थे सलमानको घरबाहिर गोली हान्ने युवाहरू
एजेन्सी । क्राइम ब्रान्चले बलिउड अभिनेता सलमान खानको घर बाहिर गोली प्रहार गर्ने दुई अभियुक्तलाई पक्राउ गरेको छ । दुवै आरोपी विक्की कुमार र सागर कुमारलाई अपराध शाखाले गुजरातको भुजबाट पक्राउ गरेको थियो । यी युवक बिहारको बेतियाका बासिन्दा हुन् । यो घटनाले उनको परिवार र गाउँले निकै स्तब्ध भएका छन् ।
अभियुक्तका परिवारका अनुसार विक्की र सागर मुम्बई गएको थाहा थिएन । उनले सलमान खानको घर बाहिर गोली चलाएको र यस घटनामा छोराको गिरफ्तारीको बारेमा समाचारबाट थाहा पाए पछि अचम्मित भएका थिए ।
भारतीय सञ्चारमाध्यमका अनुसार आरोपी विक्की र सागर नरकटियागञ्जको गौनाहा ब्लकको मसाही गाउँका बासिन्दा हुन् । दुवै अभियुक्तको गाउँमा त्यस्तो आपराधिक छवि छैन । उनको जिल्लामा कुनै आपराधिक रेकर्ड पनि छैन । त्यसैले विक्की र सागरले यस्तो गरेको कुरा परिवारका सदस्य र गाउँका मानिसहरूले अझै पनि पत्याउन सकिरहेका छैनन् ।
विक्कीकी आमा सुनिता देवीका अनुसार विक्की होलीको दुई दिनपछि घरबाट निस्किएका थिए, उनीहरूले निस्कनु अघि काममा जान लागेको बताएका थिए । तर विक्की कहाँ काममा गएका थिए भन्ने जानकारी उनीहरूलाई थिएन, सुनिता देवीले भनिन् ।
‘होलीको दुई दिनपछि काममा गएको बताएको थियो तर तर कहाँ गएको थाहा छैन । समाचारमा हेरेपछि मात्रै थाहा भयो,’ उनले भनिन । उनका अनुसार एक छोरा र एक छोरीका बाउ हुन बिक्की । उता, सागरका बुबा योगेन्द्र राउतले काम गर्न लुधियाना गएको ठानेका थिए तर सागर मुम्बई गएको थाहा नभएको योगेन्द्रले बताए ।
‘लुधियानामा काम गर्थ्यो । थाहा छैन त्यहाँबाट कसरी गयो ? मुम्बईमा गोली हानाहान भएको यो खबर सुनेर छक्क परे,’ उनले भने । प्रहरीले उनका भाइ राहुललाई पक्राउ गरी सोधपुछका लागि लगेको छ । ‘उनी निकै साधारण केटा थिए, हामी मजदुर हौं, ज्याला तिरेर खान्छौं,’ उनले भने ।
यस घटनामा प्रहरीले गाउँका तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ । उनलाई सोधपुछ पछि रिहा गरिएको थियो । अप्रिल १४ मा बिहान करिब ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट बाहिर तीनदेखि चार राउण्ड फायरिङ भएको थियो । गोली हानेर मोटरसाइकलमा सवार दुई जना लुटेरा घटनास्थलबाट भागेको खुलासा भएको थियो ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
