• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०९ असार २०८३, मङ्गलबार
०९ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ११ घण्टा 

बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने
  • ११ घण्टा 

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
  • १२ घण्टा 

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात
  • १३ घण्टा 

नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो
  • १४ घण्टा 

तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह
  • १४ घण्टा 

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने
  • १५ घण्टा 

अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने
  • १५ घण्टा 

वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

  • २. जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै

  • ३. ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी

  • ४. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • ५. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ६. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ७. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ८. आज देखी चिया उधोग र बगान अनिश्चितकालका लागि बन्द

  • ९. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • १०. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

ऐन परिमार्जन गरेर महिला, बालबालिकाको अधिकार स्थापित गर्छौ- मन्त्री चौधरी

जानकारी केन्द्र २०८१, बैशाख, ५

इलाम । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले ऐन, नियमावली परिमार्जन गरेर महिला, बालबालिका, ज्येष्ठ नागरिक, बालबालिका तथा यौनिक अल्पसङ्ख्यकको अधिकार स्थापित गरिने बताएकी छन् ।

इलाम जिल्लामा लघुवित्त वित्तीय संस्थामा क्रियाशील महिला प्रतिनिधिहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन् । ‘हामीले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, यौनिक अल्पसङ्ख्यकको पक्षमा काम गर्न केही ऐन,  नियमावली परिमार्जन गरेर काम गर्ने तयारी गरेका छौ’, उनले भनिन् ।

आफू महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, यौनिक अल्पसङ्ख्यकहरूको क्षेत्रमा काम गर्ने जिम्मेवारीमा रहेको भन्दै उनले संवेदनशील विषयको नेतृत्व गर्ने जिम्मेवारी रहेको बताइन् । चेलीबेटी बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी नीति ल्याउन लागेको उनले बताइन् ।

ज्येष्ठ नागरिकलाई २०५१ सालदेखि सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था निरन्तर वितरण गरिँदै आएको भन्दै उनले अब छोराछोरीको दायित्वलाई जोडिने बताइन् ।’छोराछोरीको पनि दायित्व आउनुपर्छ किनभने भोली त्यो सन्तान पनि त ज्येष्ठ हुन्छ ।

आजभोलि बुवा आमा बिर्सिने चलन बढेको छ’, मन्त्री चौधरीले भनिन्, ‘त्यसकारण त्यस्तो नहोस् भनेर छोराछोरी जुनसुकै क्षेत्रमा काम गर्ने भएपनि उसको देखिएको आम्दानीको १० प्रतिशत आफ्नो बाबाआमालाई दिनुपर्छ भनेर ऐनमै व्यवस्था गरिएको छ । तर त्यसको कार्यविधि बनाउन बाँकी छ ।’

कार्यविधि बनाएर ७५३ वटै स्थानीय तहमार्फत लागू गरिने उनले बताइन् । त्यसले ज्येष्ठ नागरिकको सुरक्षा हुने उनको भनाई थियो ।  सातै वटा प्रदेशमा ज्येष्ठ नागरिक होम बनाउने तयारी गरिएका भन्दै उनले भनिन्’, ‘जसको कोही पनि छैन । पूर्णरूपले असहाय छ । आफन्त नभएकाहरूलाई राख्नका लागि व्यवस्था गर्ने ।  अर्को ज्येष्ठ नागरिक दिवा मिलन केन्द्रको व्यवस्था गर्ने । त्यहाँ गएर भजन कृर्तन गर्ने, अनुभव साटासाट गर्ने । पालिकाहरूमार्फत त्यो काम अगाडि बढ्छ ।’

त्यस्तै जेलमा परेका बालबालिकाहरूका लागि काम गर्दै आएको उनले बताइन् । ‘कुनै परिबन्धमा परेर १८ वर्ष भन्दा कम उमेरमा जेलभित्र गयो । त्यस्ता बालबालिकाहरूलाई बाल सुधार गृहमा राख्ने व्यवस्था छ । त्यस्ता बालबालिकाहरूका लागि बाल सुधार गृहमार्फत शिक्षा दीक्षाको व्यवस्था गरिएको छ । देशभर ९ वटामध्ये ४ वटा सरकारले जिम्मेवारी लिएको छ । अटिजम भएका बालबालिकाहरूका लागि शिक्षादीक्षाका लागि व्यवस्था गर्ने ऐनमा व्यवस्था गरिएको छ ।’

यसैगरी मन्त्री चौधरीले अर्थतन्त्र कमजोर हुँदा त्यसको सबैतिर असर परेको बताइन् । ‘विगतमा पुँजी चलायमान थियो । संस्थाहरू पनि कम थिए । तर अहिले संस्थाहरूको संख्या पनि धेरै भए । बजारमा व्यापार व्यवसाय पनि चलायमान भएनन् । जसको कारणले गर्दा अर्थतन्त्र कमजोर बन्न पुग्यो । त्यसले गर्दा यसको सबैतिर असर परेको छ ।’ अहिले विश्वमा भइरहेको द्वन्द्वका कारणले पनि अर्थतन्त्रमा असर परेको उनले भनिन् ।

मन्त्री चौधरीले दुर्गा प्रसाईँ जस्ता कतिपय व्यक्तिहरूका गतिविधिहरूका कारण पनि समाजमा सहकारी, बैंक, फाइनान्सप्रति नकारात्मक अवसर परेको बताइन् ।

लघुवित्त संस्था गरिबीको रेखामुनि रहेका विपन्न वर्गलाई घरदैलोमा पुगेर सेवा दिने कार्य भएको उनले बताइन् । ‘जनताको घरदैलोमै गएर जनतालाई वित्तीय पहुँच प्रदान गर्नु वित्तीय संस्थाको उद्देश्य हो’, उनले भनिन्, ‘सानोतिनो व्यवसाय, काम गर्नका निम्ति थोरै पैसा आवश्यक हुन्छ । दुर्गा प्रसाईँले रिन छुट गरिदिऊँ भन्छन् तर छुट गरेपछि संस्था त डुब्छ । संस्था डुब्नु भनेको जनताको पैसा पनि डुब्नु हो ।’

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने
१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात

ताजा

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.