गुजरातमा भयानक सडक दुर्घटना, १० जनाको मृत्यु
नयाँदिल्ली । गुजरातको अहमदाबाद–वडोदरा एक्सप्रेस वेमा भएको भयानक सडक दुर्घटना भएको छ । सो भयानक दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।
नादियाद नजिकै तीव्र गतिमा आएको कार पछाडिबाट आएको तेल ट्याङ्करमा ठोक्किएर दुर्घटना भएको हो । प्राविधिक गडबडीका कारण ट्यांकर राजमार्गको छेउमा रोकिराखिएको थियो, जुन यो ट्यांकर पुणेबाट मुम्बई जाँदै थियो भने सो कार बडोदराबाट अहमदाबाद जाँदै थियो। सोही रोकिराखेको टयांकरमा गएर कार ठोक्किएको हो ।
सो गाडीमा १० जना सवार रहेका थिए भने ८ जनाको घटनास्थल मै र २ जनाको अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ८ पुरुष, एक महिला र एक बालक रहेका छन् । दुर्घटनाको खबर पाए लगत्तै दुईवटा एम्बुलेन्स घटनास्थलमा पुगेका थिए । यससँगै राजमार्गको उद्धार टोली पनि घटनास्थलमा पुगेको थियो ।
दुर्घटना यति भीषण भएकोले शव कारभित्रै फसेको प्रहरीले जनाएको छ । शव निकाल्न गाडीको पाता काट्नु परेको थियो । उक्त दुर्घटनाका कारण द्रुतमार्गमा निकै जाम भएको थियो । प्रहरीले कुनै न कुनै तरिकाले गाडी छेउमा पार्क गरेर जाम हटाएको थियो ।
मृतकको बुधबार राती अबेरसम्म पनि सनाखत हुन सकेको छैन । कारमा बडोदा, नाडियाद र अहमदाबादका यात्रु रहेको प्रहरीको अनुमान छ । प्रहरीले शवलाई पोष्टमार्टमका लागि पठाएको छ । कारको दर्ता नम्बरका आधारमा मृतकको परिचय खुल्ने प्रयास भइरहेको छ ।
पछाडीबाट कार कसरी ट्याङ्कर भित्र पस्यो भन्ने पनि अनुसन्धान भइरहेको छ । प्रहरीले दुर्घटनाको अनुसन्धान गर्न विशेष टोली गठन गरेको छ । रामनवमीका कारण द्रुतमार्गमा सवारीसाधनको खासै भीड नभएको उनले बताए । यस सम्बन्धमा थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
