Jankari Kendra
२१ भाद्र २०८३, आईतवार
Worldlink

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव फेला

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, ६
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव फेला

वैशाख । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ। उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए।

उनका अनुसार युवतीको शव नजिकै एक बालिकाको पनि जीवितै उद्धार गरिएको थियो। “स्थानीयले खबर गरेपछि कपिलेश्वर महादेव मन्दिरदेखि अन्दाजी पाँच सय मिटर दक्षिणतर्फ पोखरीको छेउमा एक युवतीको जल्दै गरेको शव र अन्दाजी आठ महिनाको बालिकाको जीवितै उद्धार गरिएको थियो”, उनले भने। उनका अनुसार जीवितै उद्धार गरिएकी बालिकाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुने युवती महोत्तरी मनरासिसवाका अन्दाजी २२ वर्षीय प्रियंका महतोको रहेको डिएसपी अवाले बताए। युवतीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ।

 

Top Changing Nepal

युट्युब सट्स