हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन
केन्या। केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको छ । देशको पश्चिमी भागमा हेलिकप्टर दुर्घटनामा उनको मृत्यु भएको राष्ट्रपति विलियम रुटोले टेलिभिजन सम्बोधनमा घोषणा गरेका छन् ।
स्थानीय समय अनुसार बिहीबार दिउँसो उडेको केही समयपछि हेलिकप्टर दुर्घटना हुँदा ओगोला र सेनाका अन्य ९ सदस्यको मृत्यु भएको रुटोले जानकारी दिए । उनका अनुसार दुर्घटनामा दुई जना बाँच्न सफल भएका छन ।
‘केन्या रक्षा बलका प्रमुख जनरल फ्रान्सिस ओमोन्डी ओगोलाको निधनको घोषणा गर्नु पर्दा म गहिरो दुःखी छु,’ उनले भने।
दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धानकर्ताहरूको टोली एल्गेयो माराक्वेट काउन्टीको दुर्घटनास्थलमा पठाइएको रुटोले जानकारी दिएका छन ।
ओगोला बिहीबार नैरोबीबाट देशको उत्तरी रिफ्ट क्षेत्रमा भ्रमण गर्न पुगेका थिए । र, चलिरहेको विद्यालय नवीकरणको निरीक्षण गर्न बिहीबार प्रस्थान गरेका हुन ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
