हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन
केन्या। केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको छ । देशको पश्चिमी भागमा हेलिकप्टर दुर्घटनामा उनको मृत्यु भएको राष्ट्रपति विलियम रुटोले टेलिभिजन सम्बोधनमा घोषणा गरेका छन् ।
स्थानीय समय अनुसार बिहीबार दिउँसो उडेको केही समयपछि हेलिकप्टर दुर्घटना हुँदा ओगोला र सेनाका अन्य ९ सदस्यको मृत्यु भएको रुटोले जानकारी दिए । उनका अनुसार दुर्घटनामा दुई जना बाँच्न सफल भएका छन ।
‘केन्या रक्षा बलका प्रमुख जनरल फ्रान्सिस ओमोन्डी ओगोलाको निधनको घोषणा गर्नु पर्दा म गहिरो दुःखी छु,’ उनले भने।
दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धानकर्ताहरूको टोली एल्गेयो माराक्वेट काउन्टीको दुर्घटनास्थलमा पठाइएको रुटोले जानकारी दिएका छन ।
ओगोला बिहीबार नैरोबीबाट देशको उत्तरी रिफ्ट क्षेत्रमा भ्रमण गर्न पुगेका थिए । र, चलिरहेको विद्यालय नवीकरणको निरीक्षण गर्न बिहीबार प्रस्थान गरेका हुन ।
सम्बन्धित समाचार
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

