घर भित्रका सामान निकाल्न पुगेका बृद्धको जलेर मृत्यु
दाङ। दाङ लमही नगरपालिका-९ तरुलियामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका-९ तरुलिया निवासी ८७ वर्षिय वीर बहादुर बोटे रहेका छन्।
बोटेको घर भित्र रहेका अत्यावश्यक कागजात लिन गएका बेला आगोको चपेटामा परेका उनका नाति राजेन्द्र बोटेले बताए ।मृतक वीर बहादुर बोटेको गोठबाट सल्किएको आगोले उनको एक घर हुँदै भतिजा पर्ने हुकुम बहादुर बोटेको एक घर गरि दुई घर एक गोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लाल बहादुर श्रेष्ठले जानकारी दिए।
बिहिवार अपरान्ह ३ बजेको समयमा एक्कासी आगलागी भएको थियो । आगलागीबाट तीन वटा घर गोठ जलेर नष्ट भएका छन् । घर भित्र रहेको कुनै सामान निकाल्न नपाएको पिडितहरुले बताएका छन । लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा आएको थियो ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
