सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने
जानकारी केन्द्र
२०८१, बैशाख, ७
पोखरा । नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले सर्वोच्च अदालतको फैसला नआएसम्म प्रदेश सभा बैठक बहिष्कार गर्ने निर्णय गरेको हो ।
कांग्रेसले खगराज अधिकारी नेतृत्वको सरकारको वैधानिकताको विषयलाई लिएर कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटमा फैसला नआएसम्म प्रदेशसभा बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।
सर्वोच्चले यसअघि अधिकारी नेतृत्वको सरकारलाई दिर्घकालिन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएर यस मुद्धाको पूर्ण सुनुवाई बैशाख १० गते गर्ने आदेश दिएको थियो ।
गण्डकी प्रदेश सभाको बैठक आज ३ बजे बस्ने गरी प्रदेश प्रमुख डिल्लीराज भट्टले आह्वान गरेका छन् ।कांग्रेसले प्रदेश सभा बैठक बारे सभामुखलाई समेत ध्यानाकर्षण पत्र बुझाएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
