तामाकोशीमा पौडी खेल्ने क्रममा दुई युवा बेपत्ता
जानकारी केन्द्र
२०८१, बैशाख, ८
दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका ८ खारेका दुई पुरुष तामाकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् । पौडी खेल्ने क्रममा गौरीशंकर गाउँपालिका ८ खारेका अन्दाजी २५ वर्षिय सिमबहादुर तमाङ र सोही स्थानका २७ वर्षिय जयबहादुर तमाङ बेपत्ता भएका हुन् ।
शुक्रबार दिउँसो मलामी गएर घर फर्किने क्रममा तामाकोशी नदीमा नुहाउन भनि हिँडेका दुई जना बेपत्ता भएको र अझै फेला पार्न नसकिएको परिवारले बताएका छन् ।
बेपत्ता भएकाहरुको स्थानीयले खोजी कार्य जारी राखेका छन् । बेपत्ताको खोजीका लागि प्रहरी पनि घटनास्थलमा खटिएको ईलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

