जापानी दुई सैनिक हेलिकप्टर दुर्घटनामा, एकको मृत्यु सात बेपत्ता
काठमाडौँ । प्रशिक्षणका क्रममा दुई जापानी सैनिक हेलिकप्टर दुर्घटनामा परेका छन् । जसमा अहिलेसम्म एक जनाको शव फेला परेको छ भने अन्य सात जना बेपत्ता रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । यद्यपी दुबै हेलिकप्टर दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । बेपत्ता भएका सात जनाको खोजी भइरहेको छ।
राति प्रशान्त महासागरको इजु टापुमा दुई जापानी हेलिकप्टरले पनडुब्बी विरोधी युद्ध अभ्यास गरिरहेका थिए । टोरिशिमा टापु नजिकै एउटा हेलिकप्टर सम्पर्क टुटेको थियो, केही क्षणपछि विमानबाट आकस्मिक संकेत प्राप्त भएको थियो । त्यसको २५ मिनेटपछि सोही क्षेत्रमा रहेको अर्को विमानको तालिमसँगको सम्पर्क पनि टुट्यो । जापान सेल्फ डिफेन्स फोर्स (एसडीएफ) का एक प्रवक्ताले शघटनाको पुष्टि गर्दै एक व्यक्तिलाई उद्धार गरिएको तर मृत्यु भएको बताएका छन् ।
जापानका रक्षामन्त्री मिनोरु किहाराले विमानका केही भाग समुद्रमा देखिएको बताएका छन् । जसका कारण दुवै दुर्घटनामा परेको अनुमान गरिएको छ । समुद्री आत्मरक्षा बलले वरपरको पानीमा अन्य कुनै विमान वा जहाज नभएकोले घटनामा अन्य कोहिको संलग्नता नभएको बताएको छ ।
गत वर्ष अप्रिलमा दक्षिणी ओकिनावाको मियाको टापुमा सेनाको हेलिकप्टर दुर्घटनामा परेको थियो । जहाजमा दुई पाइलट, दुई मेकानिक र एक आर्मी जनरल र अन्य गरी १० जना सवार थिए । तिनीहरू सबैको मृत्यु भएको थियो ।
त्यस्तै जनवरी २०२२ मा पनि मध्य इशिकावामा एउटा लडाकु विमान पानीमा खसेको थियो । त्यसमा बसेका दुई पाइलटको मृत्यु भएको थियो । यति मात्र होइन, २०१९ मा उत्तरपूर्वी जापानबाट तालिमका लागि उडेको स्टेल्थ जेट समुद्रमा खसेको थियो ।
गत वर्ष नोभेम्बरमा अमेरिकी सेनाको ओस्प्रे सैन्य विमान जापान नजिकै दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै आठ जनाको मृत्यु भएको थियो ।
यतिबेला जापानले आफ्नो देशको सुरक्षामा विशेष ध्यान दिइरहेको छ । अमेरिकाले एसियाका धेरै देशसँगको सम्बन्ध सुधार्न निरन्तर लागिरहेको छ । पछिलो समय चीनको आक्रामकता र उत्तर कोरियाका कारण जापानले आफ्नो सुरक्षा प्रणालीमा खर्च बढाएको छ ।
सम्बन्धित समाचार
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

