जापानी दुई सैनिक हेलिकप्टर दुर्घटनामा, एकको मृत्यु सात बेपत्ता
काठमाडौँ । प्रशिक्षणका क्रममा दुई जापानी सैनिक हेलिकप्टर दुर्घटनामा परेका छन् । जसमा अहिलेसम्म एक जनाको शव फेला परेको छ भने अन्य सात जना बेपत्ता रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । यद्यपी दुबै हेलिकप्टर दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । बेपत्ता भएका सात जनाको खोजी भइरहेको छ।
राति प्रशान्त महासागरको इजु टापुमा दुई जापानी हेलिकप्टरले पनडुब्बी विरोधी युद्ध अभ्यास गरिरहेका थिए । टोरिशिमा टापु नजिकै एउटा हेलिकप्टर सम्पर्क टुटेको थियो, केही क्षणपछि विमानबाट आकस्मिक संकेत प्राप्त भएको थियो । त्यसको २५ मिनेटपछि सोही क्षेत्रमा रहेको अर्को विमानको तालिमसँगको सम्पर्क पनि टुट्यो । जापान सेल्फ डिफेन्स फोर्स (एसडीएफ) का एक प्रवक्ताले शघटनाको पुष्टि गर्दै एक व्यक्तिलाई उद्धार गरिएको तर मृत्यु भएको बताएका छन् ।
जापानका रक्षामन्त्री मिनोरु किहाराले विमानका केही भाग समुद्रमा देखिएको बताएका छन् । जसका कारण दुवै दुर्घटनामा परेको अनुमान गरिएको छ । समुद्री आत्मरक्षा बलले वरपरको पानीमा अन्य कुनै विमान वा जहाज नभएकोले घटनामा अन्य कोहिको संलग्नता नभएको बताएको छ ।
गत वर्ष अप्रिलमा दक्षिणी ओकिनावाको मियाको टापुमा सेनाको हेलिकप्टर दुर्घटनामा परेको थियो । जहाजमा दुई पाइलट, दुई मेकानिक र एक आर्मी जनरल र अन्य गरी १० जना सवार थिए । तिनीहरू सबैको मृत्यु भएको थियो ।
त्यस्तै जनवरी २०२२ मा पनि मध्य इशिकावामा एउटा लडाकु विमान पानीमा खसेको थियो । त्यसमा बसेका दुई पाइलटको मृत्यु भएको थियो । यति मात्र होइन, २०१९ मा उत्तरपूर्वी जापानबाट तालिमका लागि उडेको स्टेल्थ जेट समुद्रमा खसेको थियो ।
गत वर्ष नोभेम्बरमा अमेरिकी सेनाको ओस्प्रे सैन्य विमान जापान नजिकै दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै आठ जनाको मृत्यु भएको थियो ।
यतिबेला जापानले आफ्नो देशको सुरक्षामा विशेष ध्यान दिइरहेको छ । अमेरिकाले एसियाका धेरै देशसँगको सम्बन्ध सुधार्न निरन्तर लागिरहेको छ । पछिलो समय चीनको आक्रामकता र उत्तर कोरियाका कारण जापानले आफ्नो सुरक्षा प्रणालीमा खर्च बढाएको छ ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
