शहरी विकास मन्त्रालयका कर्मचारीले गरे आत्महत्या
जानकारी केन्द्र
२०८१, बैशाख, १०
काठमाडौं । शहरी विकास मन्त्रालयमा कार्यरत एक कार्यालय सहयोगीले आत्महत्या गरेका छन् । विगत १० वर्षदेखि करार सेवामा शहरी विकास मन्त्रालयमा कार्यरत पुष्कर खड्काले आज बिहान आत्महत्या गरेका हुन् ।
खड्का पत्नी र छोराका साथमा मनोहरामा बस्दै आएका थिए । उनले आज बिहान जडिबुटीको फलामे पुल मुनी आत्महत्या गरेको बताइएको छ । विगत केही समयदेखि मृगौला रोगबाट पीडित उनले तीन पटक सम्म डायलासिस गरिसकेका थिए ।
दोलखा तामाकोशी गाउँपालिका स्थायी ठेगाना भएका खड्काको पत्नी पनि करार सेवामै शहरी विकास मन्त्रालय मातहत रहेर काम गर्दै आइरहेकी छिन् । आत्महत्याको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

