• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, भदौ ३०, २०८२
सोमबार, भदौ ३०, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

देशको वर्तमान अवस्थाका सम्बन्धमा नाडाको धारणा

कजारियाको नयाँ शोरूम दमक बेलडाङीमा, भव्य रूपमा उद्घाटन सम्पन्न

जेन-जी आन्दोलनका मृतकहरुको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने

बन्दीपुर केवलकारको आईपीओ आज बाँडफाँट, २० लाखभन्दा बढीको हात रित्तो

टिचिङ अस्पताल पुगेर कुलमानले भेटे घाइते र मृतकका परिवार

श्रीनगर एग्रोटेकको आईपीओमा आवेदन दिने म्याद भदौ ३१ गतेसम्म थप

आजको मौसमः गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना

२०८२ साल भदौं ३० गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

बन्दीपुर केवलकार एण्ड टुरिजमको आईपीओ भोलि बाँडफाँट हुँदै

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ४. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ८. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ९. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • १०. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

‘वैदेशिक रोजगारी’मा जाँदै हुनुहुन्छ्, यस्ता छन् ध्यान दिनुपर्ने र जान्नै पर्ने कुराहरु

काठमाडौं। वैदेशिक रोजगारी नेपालीहरुको संख्या दिनानु दिन बढ्दो छ। धेरैजसो बाध्यता त कोहि कोहि रहरले वैदेशिक रोजगारीमा गएको पाइन्छ । विदेशमा गएर आर्थिक आम्दानी गरेर आफनो परिवारलाई सुखीसँग राख्ने सपना बोकेर नेपालीहरु वैदेशिक रोजगारीका लागि विदेश गएको पाइन्छ ।

देशमा रोजगारीको समस्या र वैदेशिक रोजगारीमा केहि मात्रामा आम्दानी राम्रो समेत हुनाले विशेषगरी युवावर्गहरु वैदेशिक रोजगारीका लागि जाने संख्या उच्च रहेको छ । दैनिक २ हजार देखि २२ सय युवा रोजगारीका लागि विश्वका विभिन्न मुलुकमा गइरहेको छन् ।

रोजगारीका लागि विदेश पलायन भएका युवाले पनि सोच अनुरुपमा सेवा सुविधा पाउन सकेका छैनन् भने वरु उल्टो ठगिने क्रम बढ्दो छ । त्यसैले आर्थिक स्तर उकाशने उद्देश्यका साथ विदेशमा काम गर्नेका लागि जाने युवाहरु सचेत हुनु आवश्यक छ । यदि सचेत भएको खण्डमा मात्र ठगीबाट बच्न सकिन्छ ।

वैदेशिक रोजगारमा पठाईदिन्छु भन्दै प्रलोभनमा पार्ने दलालहरु अहिले शहर देखि गाँउसम्म छ्याप्छ्याप्ती पाईन्छ । दलालबाट जोगिने उपाय भनेको आफू सचेत हुनु हो । वैदेशिक रोजगारीमा जाँदा दलालकोमा नफसुन भनेर सरकार तथा निजी संस्थाहरुले विविध कार्यक्रम सञ्चालन समेत गरेको पाईन्छ ।

यस्ता छन् वैदेशिक रोजगारमा जानु अघि ध्यान दिनुपर्ने कुराहरु :—

१. बैदेशिक रोजगारमा जाँदा कुन संस्थाबाट वा को मार्फत जाने हो त्यसको बारेमा जाकारी लिनुपर्छ । दलालमार्फत वा त्यस्तै व्यक्तिबाट जाने तयारी गर्नुभएको छ भने आफु ठगिँदै छु भनेर
सोच्नु पर्छ । दलालबाट जोगिनका लागि सिधै इजाजात प्राप्त कम्पनीको सम्पर्कमा आउनु पर्छ ।

२. व्यक्तिगत प्रयासबाट भिषा प्राप्त गरी वैदेशिक रोजगारमा जाने व्यक्तिले नेपाली दूतावास प्रमाणित सक्कल कागजात सहित स्यवं उपस्थित भई श्रम स्वीकृति लिनपर्छ ।

३. रोजगारमा जाँदा कुन काममा जाने ,सोको लागि कति खर्च लाग्छ ,काम गरेवापत तलव, खाना र बस्ने व्यवस्था, काम गर्नु पर्ने घन्टा, ओभरटाइम काम भत्ता ,करार अवधि आदि बारेमा
राम्ररी जानकारी लिएर मात्रै प्रक्रिया थालनी गर्ने ।

४. कन्सल्टेन्सी फर्म, ट्राभल एजेन्सी , मनी ट्रान्सफर चेन्जर ,दलाल , एजेन्ट , कुनै पनि संस्थालाई बैदेशिक रोजगारमा पठाउने अधिकार प्राप्त छैन । यी कसैलाई पनि रकम दिनु हुँदैन् ।इजाजत प्राप्त मेनपावर कम्पनीले विदेश पठाउन पासपोर्ट माग गरेमा कुन देशमा कुन कामका लागि कति अवधि भित्र पठाउने र कति लागतमा पठाउने हो एकीन गरी भर्पाई लिएर मात्र
सक्कल पासपोर्ट बुझाउनु पर्छ ।

५. रोजगारमा जानका लागि कानुनी प्रक्रिया पु¥याई व्यक्तिगत र संस्थागत गरि २ किसिमले बैदेशिक रोजगार विभाग अन्तर्गतको ताहाचल कार्यालयहरुबाट श्रम स्वीकृति प्राप्त गर्न सकिन्छ ।
संस्थागत रुपमा बैदेशिक रोजगारमा कामदार पठाउने कार्य बैदेशिक रोजगार व्यवसाय संचालन गर्न इजाजतपत्र लिई नियमित रुपमा नविकरण भएका इजाजतपत्रवाला संस्थाहरु (म्यानपावर कम्पनी)ले गर्दछन् । तपाईले सम्पर्क गरेको संस्था बैदेशिक रोजगार विभागबाट इजाजत लिएको मेनपावर कम्पनी हो की होइन रु उक्त मेनपावरको काम कारवाही रोक्का भएको छ छैन
रु तथा खारेजीमा परेको छ छैन बुझ्नु पर्दछ ।

६ .देश, कम्पनी, काम गर्ने पद र पेशा, तलवभत्ता, अन्य सुविधा र सेवाशर्तहरुबारे चित्त बुझेमा मात्र राजिखुसी साथ सम्झौतापत्रमा सही गर्ने र सम्झौता पत्रको एक कपी प्रमाण सुरक्षित
रुपमा राख्ने ।

७. काम गर्न जाने मुलुकमा रहेको नेपाली दूतावासको सम्पर्क ठेगाना, अन्य कामदारलाई सघाउने र सहयोग गर्ने संघसंस्थाहरुको फोन र फ्याक्स नंम्बर लिने ।

८. आफ्नो नाममा भिषा प्राप्त भई बैदेशिक रोजगारमा जाने निश्चित भएपछि मेनपावर कम्पनीको वैंक खातामा वा प्रधान कार्यालयमा मात्र रकम बुझाउने । रकम बुझाएको भर्पाई अनिवार्य
रुपमा लिने ।

९. सूचिकृत स्वास्थ्य संस्थाबाट मात्र स्वास्थ्य परीक्षण गराई तोकिएको होलोग्राम भएको स्वास्थ्य परिक्षण प्रमाण पत्र लिने । १० सरकारले तोकेको बीमा कम्पनीमा गई करार अवधि अनुसार
जीवन बीमा गराउने ।

११. कल्याणकारी कोषमा रकम बुझाई रसिद लिने ।

यस्तै बैदेशिक रोजगारमा जाने कामदारले जान्नै पर्ने कुराहरु निम्न रहेका छनः—

१. केही सीप सिकेर, आफूले गर्ने, गर्न सक्ने र जान्ने कामका वारेमा, पाउने तलवका वारेमा राम्ररी जानी बुझी मात्र जानु पर्दछ ।

२. लाग्ने खर्च, प्राप्त हुने आम्दानीका वारेमा तुलनागरि लाभ हुने काममा मात्र जानु पर्दछ।

४. घर परिवारसँग सल्लाह, परामर्श गरी सहमतिमा मात्र जानु पर्दछ ।

५. बैदेशिक रोजगार बिभागवाट श्रम स्वीकृति लिएर मात्र बैदेशिक रोजगारमा जानु पर्दछ ।

६. बैदेशिक रोजगारमा जाँदा दुर्घटनामा परी मृत्यू वा अंगभंग हुन सक्दछ । विमा गर्दा कामदारलाई र उस्को परिवारलाई आर्थिक सहयोग प्राप्त हुन्छ ।

७. बैदेशिक रोजगारमा जाँदा विस्वासिलो र भरपर्दो मेनपावर कम्पनी मार्फ जानु पर्छ । व्यवसायिक वा ख्ष्कष्त भिसामा जानु हुदैन । जानी जानी गलत कागजात बनाई जानु हुँदैन ।

८. घर परिवारसँग सल्लाह गरि मानसिक रुपमा तयार हुनु पर्दछ ।

९. बैदेशिक रोजगारमा जानका लागि पैसा बुझाएपछि व्यहोरा खुलाई भरपाई लिनु पर्दछ । कति खर्च लाग्छ राम्ररी बुझनु पर्छ । कुनै एजेन्ट वा कम्पनीले भरपाई दिन आनाकानी गरेमा
ठगिकै नियत भएको बुझ्नु पर्छ ।

१०. स्वदेशी विमानस्थलवाट मात्र जानु पर्दछ । अन्य छिमेकी देशको बाटो गरेर जानु हुँदैन । बेचिन वा ठगीमा पर्न सकिन्छ ।

११. आफू जाने देशको भौगोलिक स्थिति, हावापानी रहन, सहन, धर्म, कानून, काम गर्ने वातावरण आदि वारेमा सामान्य जानकारी लिनु पर्छ । यस्का लागि पूर्व प्रस्थान अभिमूखीकरण
तालीम अनिवार्य रुपमा लिनु पर्दछ ।

१२. बैदेशिक रोजगारमा जाँदा आवश्यक सवै कागजातहरुको एक एक प्रति आफू र परिवारको साथमा राख्नु पर्छ ।

१३. बैदेशिक रोजगारको क्रममा ठगिमा परे बैदेशिक रोजगार बिभागमा उजुरी गर्नु पर्दछ ।

१४. बैदेशिक रोजगार सम्वन्धी कुनै पनि सूचना जानकारीका वारेमा बुझ्नु परेमा बैदेशिक रोजगार बिभाग र बैदेशिक रोजगार प्रवर्द्धन वोर्डको सचिवालयको ठेगानामा सर्म्पर्क गरी बुझ्न सकिन्छ।

१५. आम संचार माध्यमले प्रकाशन गरेको बैदेशिक रोजगारको सूचनार विज्ञापन सहि भए नभएको बुझ्नु पर्दछ । गलत विज्ञापन गरी पैसा उर्ठाई ठगि गर्न सक्दछन ।

१६. सरकारले निषेध गरेको देशमा र काममा जानु हुदैन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देशको वर्तमान अवस्थाका सम्बन्धमा नाडाको धारणा
    जेन-जी आन्दोलनका मृतकहरुको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने
    बन्दीपुर केवलकारको आईपीओ आज बाँडफाँट, २० लाखभन्दा बढीको हात रित्तो

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    देशको वर्तमान अवस्थाका सम्बन्धमा नाडाको धारणा

    कजारियाको नयाँ शोरूम दमक बेलडाङीमा, भव्य रूपमा उद्घाटन सम्पन्न

    जेन-जी आन्दोलनका मृतकहरुको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने

    बन्दीपुर केवलकारको आईपीओ आज बाँडफाँट, २० लाखभन्दा बढीको हात रित्तो

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • देशको वर्तमान अवस्थाका सम्बन्धमा नाडाको धारणा
    • कजारियाको नयाँ शोरूम दमक बेलडाङीमा, भव्य रूपमा उद्घाटन सम्पन्न
    • जेन-जी आन्दोलनका मृतकहरुको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने
    • बन्दीपुर केवलकारको आईपीओ आज बाँडफाँट, २० लाखभन्दा बढीको हात रित्तो
    • टिचिङ अस्पताल पुगेर कुलमानले भेटे घाइते र मृतकका परिवार

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.