Jankari Kendra
२१ भाद्र २०८३, आईतवार
Worldlink

सर्लाहीमा निर्माणाधीन रेल्वे ट्रयाकबाट मोटरसाइकल खस्यो, चालकको निधन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, १४
सर्लाहीमा निर्माणाधीन रेल्वे ट्रयाकबाट मोटरसाइकल खस्यो, चालकको निधन

सर्लाही । सर्लाहीको लालबन्दीस्थित निर्माणाधीन रेल्वे ट्रयाकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ । लालबन्दी नगरपालिका ४ जरुवा पानी नजिकको निर्माणाधीन रेल्वे ट्रयाकमा दुर्घटना भएको हो ।

ज ११ प ७५४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई तल खस्दा चालक लालबन्दी नगरपालिका ३ जब्दीका ५० वर्षीय राजकुमार चौधरीको ज्यान गएको हो । राति ८:५० बजेतिर मोटरसाइकल पल्टिएको अवस्थामा चौधरीलाई स्थानीयले उद्धार गरी लालबन्दी बजारस्थित मोडेल अस्पताल पुर्‍याएका थिए ।

अस्पतालमा पुर्‍याए लगत्तै चौधरीलाई चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । मृतक चौधरीको शव पोस्टमार्टमका लागि राति नै प्रादेशिक अस्पताल मलंगवा लगेर राखिएको छ ।

Top Changing Nepal

युट्युब सट्स