राजा चार्ल्स तृतीय छिट्टै सार्वजनिक जीवनमा फर्किदै
काठमाडौँ । बेलायतका राजा चार्ल्स तृतीय आफ्नो जिम्मेवारी पूरा गर्न चाँडै सार्वजनिक जीवनमा फर्कने तयारीमा छन् । यस वर्षको सुरुमा उनलाई क्यान्सर भएको पत्ता लागेपछि उनको स्वास्थ्यमा निरन्तर सुधार आएको चिकित्साहरुले बताएका छन् । बकिङ्घम प्यालेसले एक विज्ञप्ति जारी गर्दै राजा चार्ल्स छिट्टै जिम्मेवारीमा फर्किने जानकारी दिएको छ ।
७५ वर्षीय राजा चार्ल्स आफ्नी पत्नी रानी क्यामिलासँग अर्को मंगलबार लन्डनमा क्यान्सर उपचार केन्द्र जानेछन् । राजा चार्ल्स क्यान्सरको उपचार र निको भएर छिट्टै सार्वजनिक जिम्मेवारीमा फर्किने समेत उल्लेख गरिएको छ । राजा र रानीले अर्को मंगलबार क्यान्सर उपचार केन्द्रको भ्रमण गर्नेछन्, जहाँ उनीहरूले चिकित्सा विशेषज्ञ र बिरामीहरूलाई भेट्नेछन्, विज्ञप्तिमा भनिएको छ ।
यो यात्रा राजाले आउने हप्ताहरूमा गर्ने धेरै बाहिरी गतिविधिहरू मध्ये पहिलो हुनेछ । बकिङ्घम प्यालेसले राजाको मेडिकल टोली अहिलेसम्म भएको प्रगतिबाट धेरै खुसी छ र उनको निरन्तर रिकभरीको बारेमा टोली सकारात्मक रहेको बताएको छ । बकिङ्घम प्यालेसका प्रवक्ताले राजा चार्ल्सको उपचार जारी रहने बताए ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
