फेसबुक र इन्स्टाग्रामले भ्रम फैलाएको भन्दै इयुले सुरू गर्यो अनुसन्धान्
ब्रसेल्स। युरोपेली आयोग (इयु) ले सामाजिक सञ्जालको विशाल कम्पनी मेटाको बिरूद्ध गलत सूचना अनुसन्धान सुरु गरेको छ। इयुले मंगलबारबाट फेसबुक र इन्स्टाग्रामको अपरेटरमाथि अनुसन्धानको घोषणा गरेको छ ।
अमेरिकी कम्पनीले ब्लकको अनलाइन सामग्री नियमहरू उल्लङ्घन गरेको आशंका गरे पछि सो अनुसन्धान सुरू गरेको हो । ब्रसेल्सले जुनमा इयुको चुनाव हुनु अघि गलत सूचनालाई रोक्नको लागि आफ्नो प्रयास बढाएको जनाएको छ।
आयोगका अनुसार सामग्रीको मध्यस्थतामा मेटाको प्रयासहरू अपर्याप्तू र भ्रामक विज्ञापन र विकृतिलाई सम्बोधन गर्न असफल भएको बताएको छ । डिजिटल सेवा ऐन जुन गत वर्ष प्रभावकारी रूपमा कार्यान्वयन आएको थियो । बिग टेकलाई सामाजिक मिडिया प्लेटफर्महरूमा गैरकानूनी र हानिकारक सामग्रीहरू रोक्न थप गर्न आवश्यक रहेको जनाएको छ ।
‘हामीलाई शंका छ कि मेटाको मध्यस्थता अपर्याप्त छ, यसले विज्ञापन र सामग्री मध्यस्थता प्रक्रियाहरूको पारदर्शिताको अभाव छ,’ इयु डिजिटल प्रमुख मार्गरेट वेस्टेजरले एक विज्ञप्तिमार्फत भने। ‘त्यसैले आज हामीले डिजिटल सेवा ऐनसँग उनीहरूको अनुपालनको मूल्याङ्कन गर्न मेटा विरुद्ध कार्यवाही खोलेका छौं,’ उनले भनिन ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
