फेसबुक र इन्स्टाग्रामले भ्रम फैलाएको भन्दै इयुले सुरू गर्यो अनुसन्धान्
ब्रसेल्स। युरोपेली आयोग (इयु) ले सामाजिक सञ्जालको विशाल कम्पनी मेटाको बिरूद्ध गलत सूचना अनुसन्धान सुरु गरेको छ। इयुले मंगलबारबाट फेसबुक र इन्स्टाग्रामको अपरेटरमाथि अनुसन्धानको घोषणा गरेको छ ।
अमेरिकी कम्पनीले ब्लकको अनलाइन सामग्री नियमहरू उल्लङ्घन गरेको आशंका गरे पछि सो अनुसन्धान सुरू गरेको हो । ब्रसेल्सले जुनमा इयुको चुनाव हुनु अघि गलत सूचनालाई रोक्नको लागि आफ्नो प्रयास बढाएको जनाएको छ।
आयोगका अनुसार सामग्रीको मध्यस्थतामा मेटाको प्रयासहरू अपर्याप्तू र भ्रामक विज्ञापन र विकृतिलाई सम्बोधन गर्न असफल भएको बताएको छ । डिजिटल सेवा ऐन जुन गत वर्ष प्रभावकारी रूपमा कार्यान्वयन आएको थियो । बिग टेकलाई सामाजिक मिडिया प्लेटफर्महरूमा गैरकानूनी र हानिकारक सामग्रीहरू रोक्न थप गर्न आवश्यक रहेको जनाएको छ ।
‘हामीलाई शंका छ कि मेटाको मध्यस्थता अपर्याप्त छ, यसले विज्ञापन र सामग्री मध्यस्थता प्रक्रियाहरूको पारदर्शिताको अभाव छ,’ इयु डिजिटल प्रमुख मार्गरेट वेस्टेजरले एक विज्ञप्तिमार्फत भने। ‘त्यसैले आज हामीले डिजिटल सेवा ऐनसँग उनीहरूको अनुपालनको मूल्याङ्कन गर्न मेटा विरुद्ध कार्यवाही खोलेका छौं,’ उनले भनिन ।
सम्बन्धित समाचार
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

