• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० असार २०८३, बुधबार
१० असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १३ घण्टा 

बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने
  • १४ घण्टा 

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
  • १४ घण्टा 

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात
  • १५ घण्टा 

नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो
  • १६ घण्टा 

तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह
  • १६ घण्टा 

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने
  • १७ घण्टा 

अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने
  • १७ घण्टा 

वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

  • २. जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै

  • ३. ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी

  • ४. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • ५. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ६. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ७. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ८. आज देखी चिया उधोग र बगान अनिश्चितकालका लागि बन्द

  • ९. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • १०. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

श्रीलंकाको राष्ट्रपति निर्वाचनमा विक्रमासिङ्घे र राजापाक्षे भिड्ने सम्भावना

जानकारी केन्द्र २०८१, बैशाख, २०

काठमाडौँ । श्रीलंकामा राष्ट्रपतीय निर्वाचन नजिकिँदै छ र त्यसलाई लिएर राजनीतिमा हलचल मच्चिएको छ । यसैबीच राष्ट्रपति रनिल विक्रमासिङ्घेले पनि निर्वाचनमा उम्मेदवार बन्ने बताइएको छ । यदि विक्रमासिङ्घेले आफ्नो दाबी प्रस्तुत गरे भने उनले आफ्नै मन्त्रीमण्डलका सहकर्मी विजयादास राजापाक्षेबाट चुनौती सामना गर्न सक्ने मिडिया रिपोर्टमा बताइएको छ । राजापाक्षे हाल श्रीलंकाको कानून मन्त्रीको पदमा छन् ।

श्रीलंका फ्रिडम पार्टी (एसएलएफपी) का अध्यक्ष तथा पूर्व राष्ट्रपति मैत्रीपाला सिरिसेनाले नोभेम्बर १५ अघि हुने राष्ट्रपति चुनावमा ६५ वर्षीय विजयादास राजापाक्षे आफ्नो पार्टीको उम्मेदवार हुने बताएका छन् । सिरिसेनाले राजापाक्षे एसएलएफपीका लागि उपयुक्त उम्मेदवार भएको बताए ।

यसअघि राजपाक्षे श्रीलंका पोदुजाना पेरामुना (एसएलपीपी) पार्टीको सदस्य थिए, जुन अहिले फुटेको छ । यो पार्टी महिन्दा राजापाक्षेप्रति वफादार युनाइटेड पिपुल्स फ्रिडम एलायन्सका नेताहरूको भेला थियो । ७५ वर्षीय विक्रमासिङ्घे एसएलपीपी नेताहरूको टोलीको नेतृत्व गरिरहेका छन् । यसबाहेक, पार्टीका अन्य सदस्यहरू विपक्षी नेता सजित प्रेमदासको नेतृत्वमा रहेको समगी जन बलवेगया (एसजेबी) राजनीतिक गठबन्धनमा आवद्ध छन्। विशेष कुरा के छ भने यो निर्वाचनमा एसएलपीपीले उम्मेदवार दिने सम्भावना देखिँदैन । वास्तवमा, पार्टीले २०२२ मा ठूलो विरोधको सामना गर्यो, जब प्रदर्शनकारीहरूले श्रीलंकाको आर्थिक संकटको लागि राजपक्षे परिवारलाई दोष दिए ।

अर्कोतर्फ, विक्रमासिङ्घेले आफ्नो उम्मेदवारी घोषणा गरेका छैनन्, यद्यपि उनी देशलाई दिवालियापनबाट बाहिर ल्याउनका लागि पुन: चुनावका लागि क्रसपार्टी समर्थनमा भरोसा गरिरहेका छन् । अर्कोतर्फ प्रमुख प्रतिपक्षी दलका नेता सजिथ प्रेमदासा र माक्र्सवादी जनता विमुक्ति पेरामुना (जेभीपी) पार्टीकी नेतृ अनुरा कुमारा दिसानायकेले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

सिरिसेनाको पार्टी एसएलएफपी अप्रिलको सुरुदेखि नै अस्तव्यस्त रहेको देखिन्छ । यस अवधिमा उनले राजापाक्षेलाई पार्टीको कार्यवाहक अध्यक्षको रूपमा मनोनयन गरे तर अदालतको आदेशले सिरिसेनालाई नेताको रूपमा प्रतिबन्ध लगाइदिएको थियो ।

यति मात्र होइन, अदालतले राजापाक्षेलाई काम गर्नबाट रोक्न पनि आदेश दिएको थियो । समग्रमा सिरिसेना र पूर्व राष्ट्रपति चन्द्रिका कुमारतुंगा नेतृत्वको दुई समूह गम्भीर कानुनी विवादमा फसेका छन् । श्रीलंकाको आगामी राष्ट्रपतिको निर्वाचन सेप्टेम्बरदेखि अक्टोबरको बीचमा हुदै छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने
१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात

ताजा

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.