सिराहामा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु,दुई जना घाइते
जानकारी केन्द्र
२०८१, बैशाख, २१
सिराहा । कल्याणपुर नगरपालिका-९ डुमरीस्थित सडकमा कल्याणपुरबाट मिर्चैयातर्फ जाँदै गरेको प्रदेश २-०१-००४ प ०८३५ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-९ बस्ने ५७ वर्षीय बद्री यादवको बिहीबार साँझ मृत्यु भएको नेपाल प्रहरीले बताएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको आरके मेडिसिटी मुस्हर्निया धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ ।
प्रहरीका अनुसार ठक्करबाट घाइते भएका अन्य २ जना पैदलयात्रीको सोही अस्पतालमा र मोटरसाइकलमा सवार १ जनाको मंगलम अस्पताल मिर्चैयामा उपचार भइरहेको छ। प्रहरीले मोटरसाइकल चालकलाई उपचार पश्चात नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

