सुनकोशी डाइभर्सनको निरीक्षणपछि बाबुराम भन्छन्- कृषिक्रान्ति नै देशको समृ्द्धिको पहिलो आधार
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले कृषिक्रान्ति नै हाम्रो दिगो आर्थिक समृ्द्धिको पहिलो आधार भएको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले बुधबार ‘ब्रेक थ्रु’ भएको सुनकोशी मरिण डाइभर्सन सुरुङको स्थगलत निरीक्षणपछि सामाजिक सञ्जालमा टिप्पणी गर्दै जमीन र पानी सबभन्दा ठूलो प्रकृतिक श्रोत र कृषि नै अझै मुख्य रोजगारी भएको देशमा कृषिक्रान्ति नै हाम्रो दिगो आर्थिक समृ्द्धिको पहिलो आधार भएको बताएका हुन् ।
उनले भनेका छन्-
सुनकोशी-मरिण डाइभर्जन प्रेजेक्टको सुरूंग निर्माणको सफलता सबैकानिम्ति खुशीको कुरा हो । यस सन्दर्भमा हामीले ध्यान दिनुपर्ने सबभन्दा महत्वपूर्ण कुरा के हो भने जमीन र पानी सबभन्दा ठूलो प्रकृतिक श्रोत र कृषि नै अझै मुख्य रोजगारी भएको देशमा कृषिक्रान्ति नै हाम्रो दिगो आर्थिक समृ्द्धिको पहिलो आधार हो ।
तराई-मधेसमा खेतियोग्य जमीन धेरै भएको र पूर्व-पश्चिम महाभारत शृंखला भएर बग्ने कोशी,गण्डकी र कर्णाली नदीका शाखाहरू नै सिंचाइयोग्य पानीको सबभन्दा ठूलो श्रोत भएकाले ती नदीको पानीलाई तराई-मधेसमा डाइभर्सन गर्ने परियोजनालाई नै हामीले उच्च प्रथमिकता दिनुपर्छ ।
मेरो पालामा राष्ट्रिय गौरवका योजना घोषणा गर्दा त्यसैलाई प्राथमिकता दिइएको तर अहिलेसम्म तिनको प्रगति मन्द हुनु दुःखद छ।चुरेको फेदीबाट पूर्व-पश्चिम नहर निर्माण गरेर तराई – मधेसमा कृषिक्रान्ति गर्न सके देशमा खाद्यसुरक्षाको दिगो प्रत्याभूति हुनेछ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
