सवारी दुर्घटनामा परी बझाङमा दुई जना घाइते
बझाङ । बझाङमा सवारी दुर्घटनामा परी दुई जना घाइते भएका छन्। जिप र मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो।बझाङको दुर्गाथली गाउँपालिका–१ भाँगडाबजारबाट मौरीबगरतर्फ गइरहेको से १ ज ७८१ नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको सुदूरपश्चिमप प्रदेश ०१००८ प १२२२ नम्बरको मोटरसाइकल एक आसमा ठोक्किँदा दुर्घटना भएको हो।
उक्त दृर्घटनामा परेर मोटरसाइकल चालक छबिसपाथिभेरा गाउँपालिका–६ का ३७ वर्षीय लोकश बुडा र पछाडि सवार सोहि ठाउँकी ३७ वर्षीया इन्द्रा बुढा घाइते भएका छन्। मोटरसाइकल चालकको दाँहिने खुट्टा भाँचिएको छ भने इन्द्राको दाँहिने खुट्टामा चोट लागेको छ।
दुबै जना घाइतेलाई उपचारको लागि डडेल्धुरा अस्पताल पठाएको प्रहरीले जनाएको छ। जिप चालक दुर्गाथली गाउँपालिका–१ का २३ वर्षीय सुरेन्द्र सार्कीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूूचना अधिकारी प्रहरी निरीक्षक दिपेश चौधरीले बताए।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
