Jankari Kendra
२१ भाद्र २०८३, आईतवार
Worldlink

रक क्लाइम्बिङ गर्दा लडेर ३२ वर्षीय युवकको निधन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, २९
रक क्लाइम्बिङ गर्दा लडेर ३२ वर्षीय युवकको निधन

खोटाङ । खोटाङमा रक क्लाइम्बिङ गर्ने क्रममा भीरबाट खसेर एक युवाको मृत्यु भएको छ । बिहिबार साँझ ६ बजे दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिका ५ लफ्याङको बुद्धेश्वरस्थित मझुवा भीरमा रक क्लाइम्बिङ गर्ने क्रममा भीरबाट खसेर ३२ वर्षीय सुचन राईको मृत्यु भएको हो।

दिप्रुङ चुईचुम्मा गाउँपालिका ७ टेम्मा घर भएका राई हाल दिक्तेलको हाट डाँडामा बस्दै आएका थिए । करिब ४० मिटर अग्लो भीरबाट खसेर गम्भीर घाइते भएपछि जिल्ला अस्पताल लगिएका राईलाई साँझ करिब ७:४० बजे मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए ।

रक क्लाइम्बिङका लागि दुई जना साथी सहित बुद्धेश्वरस्थित भीरमा पुगेका थिए । पर्यटन प्रवर्द्धन गर्ने भन्दै दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकाले गत चैत २३ गते मझुवा भीरमा रक क्लाइम्बिङको सफल परीक्षण गरेको थियो ।

रक क्लाइम्बिङका लागि पर्वतारोहण प्रशिक्षक संघलाई ल्याएर सोही भीरमा ६ दिन तालिम सञ्चालन गरिएको थियो । तालिम लिने सात स्थानीय र सशस्त्र प्रहरीका गरी १२ जनामध्ये मृतक राई एक जना थिए । घटना बारे छानबिन सुरु गरिएको प्रहरीले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स