रक क्लाइम्बिङ गर्दा लडेर ३२ वर्षीय युवकको निधन
खोटाङ । खोटाङमा रक क्लाइम्बिङ गर्ने क्रममा भीरबाट खसेर एक युवाको मृत्यु भएको छ । बिहिबार साँझ ६ बजे दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिका ५ लफ्याङको बुद्धेश्वरस्थित मझुवा भीरमा रक क्लाइम्बिङ गर्ने क्रममा भीरबाट खसेर ३२ वर्षीय सुचन राईको मृत्यु भएको हो।
दिप्रुङ चुईचुम्मा गाउँपालिका ७ टेम्मा घर भएका राई हाल दिक्तेलको हाट डाँडामा बस्दै आएका थिए । करिब ४० मिटर अग्लो भीरबाट खसेर गम्भीर घाइते भएपछि जिल्ला अस्पताल लगिएका राईलाई साँझ करिब ७:४० बजे मृत घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए ।
रक क्लाइम्बिङका लागि दुई जना साथी सहित बुद्धेश्वरस्थित भीरमा पुगेका थिए । पर्यटन प्रवर्द्धन गर्ने भन्दै दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकाले गत चैत २३ गते मझुवा भीरमा रक क्लाइम्बिङको सफल परीक्षण गरेको थियो ।
रक क्लाइम्बिङका लागि पर्वतारोहण प्रशिक्षक संघलाई ल्याएर सोही भीरमा ६ दिन तालिम सञ्चालन गरिएको थियो । तालिम लिने सात स्थानीय र सशस्त्र प्रहरीका गरी १२ जनामध्ये मृतक राई एक जना थिए । घटना बारे छानबिन सुरु गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
