ऋषभ पन्तलाई आइपिएलको एक खेलबाट निलम्बन
जानकारी केन्द्र
२०८१, बैशाख, २९
आइपिएल टिम दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई आईसीसीको नियम उल्लंघन गरेको आरोपमा एक खेलको निलम्बन गरिएको छ । उनलाई जरिवाना समेत लगाइएको छ ।
इन्डियन प्रिमियर लिगको ५६औँ खेलमा टिमको स्लो बलिङका कारण पन्तविरुद्ध यो कारबाही गरिएको हो । राजस्थान रोयल्ससँगको यो खेल ७ मेमा दिल्लीको अरुण जेटली स्टेडियममा भएको थियो ।
दिल्ली क्यापिटल्सले तेस्रो पटक न्यूनतम ओभर रेटको सीमा उल्लंघन गरेको कारण यो कारबाही गरिएको हो । यति मात्र होइन, पन्त बाहेक टिमका सबै सदस्यलाई १२ लाख रुपैयाँ वा म्याच फीको ५० प्रतिशत, जुन कम हुन्छ, जरिवाना गरिएको छ ।
यसअघि पनि आईपीएलका क्रममा धेरै चर्चित खेलाडीलाई खेलबाट निलम्बन गरिएको थियो । हरभजन सिंह, रविन्द्र जडेजा र डेभिड वार्नरलाई लिग नियम उल्लंघन गरेको आरोपमा निलम्बन गरिएको थियो ।
सम्बन्धित समाचार
चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
नबिल बैंकको ५.५५ डिबेञ्चर–२०९३ आउँदै, बिक्री प्रबन्धकमा नियुक्ति
विपद् प्रभावितको सहयोगमा नेरूडे मिर्मिरे,उद्धार कोषमा २८ लाख २० हजार योगदान
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

