श्रीमानलाई जोगाउन जाँदा करेन्ट लागेर श्रीमतीको मृत्यु
जानकारी केन्द्र
२०८१, बैशाख, २९
सर्लाही । सर्लाहीमा श्रीमानलाई करेन्ट लागेर जोगाउन जाँदा श्रीमतीको करेन्ट लागेर मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका ९ रामनगर बस्ने २८ वर्षीया कुसुम देवी महतोको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको हो । घर अगाडि ११ हजार भोल्टको तारमा वाइफाईको तार बेरिएर भुईँमा झरेको अवस्थामा तारलाई कुसुमको श्रीमान् ३४ वर्षीय रम्भा महतोले उठाउने क्रममा करेन्ट लागेको थियो ।
सो देखेपछि कुसुमले छुटाउन खोज्दा दुवै जना करेन्ट लागेर घाइते भएका थिए । घाइतेमध्ये कुसुमको सिद्धि विनायक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै रम्भाको बयलबासस्थित अमृत हेल्थ केयरमा उपचार भइरहेको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
