Jankari Kendra
२१ भाद्र २०८३, आईतवार
Worldlink

करेन्ट लागेर एक किसानको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, ३१
करेन्ट लागेर एक किसानको मृत्यु

बुटवल। खेत जोत्ने क्रममा बिजुली अडाएको तारबाट करेन्ट लागेर आईतबार एक किसानको ज्यान गएको छ। नौवहिनी गाउँपालिका–६ छम प्यूठानका २८ वर्षीय सन्तोष परियारको करेन्ट लागेर ज्यान गएको हो।

करेन्ट लागेर घाइते भएका उनको उपचारका लागि जिल्ला अस्पताल विजुवार लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हुमानन्द खनालले बताए।

मृतक परियार केही समयअघि वैदेशिक रोजगारीबाट फर्किएका थिए। उनी फोप्लीको लुप्लुङबाट बसाइँसरेर नौबहिनी–६ स्थित छममा गएका हुन्।

Top Changing Nepal

युट्युब सट्स