अफगानिस्तानमा बाढीबाट ३१५ भन्दा बढीको मृत्यु
काठमाडौँ । अफगानिस्तानमा दुई सातादेखि परेको अविरल वर्षाका कारण ३१५ जनाभन्दा बढीको मृत्यु भएको छ । तालिवान अधिकारीहरूले मारिनेको संख्या अझै बढ्न सक्ने बताएका छन् ।
सीएनएनका अनुसार विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले मे १२ मा बदख्सान, घोर, बाघलान र हेरातमा सबैभन्दा बढी क्षति भएको जानकारी दिएको छ।
अविरल वर्षाका कारण १६ सय जना घाइते भएका छन् भने २ हजारभन्दा बढी घर डुबानमा परेका छन् । डब्लुएफपीले सामाजिक सञ्जाल पोस्टमा अफगानिस्तानमा आएको बाढीले ठूलो क्षति पुर्याएको बताएको छ । बाघलानमा सबैभन्दा बढी मृत्यु भएको छ । बगलानमा एक सयभन्दा बढी घाइते भएका छन् । बाघलान जाने बाटो बगेको कारण त्यहाँ राहत पुर्याउन ढिलाइ भएको अधिकारीहरुले बताएका छन् । त्यहाँबाट मानिसहरूलाई बाहिर निकाल्न सेना पठाइएको छ ।
तालिवानको रक्षा मन्त्रालयले मे ११ मा बाघलानमा मानिसहरूलाई बाहिर निकाल्न वायुसेना तैनाथ गरिएको बताएको थियो । यसैबीच अफगानिस्तानको तालिबान सरकारले अन्तर्राष्ट्रिय संस्थाहरूलाई ढिलाइ नगरी सहयोग गर्न आग्रह गरेको छ । तालिबानका अनुसार संगठनले सहयोग नगरे हजारौं मानिसको ज्यान जानेछ ।
अन्तर्राष्ट्रिय उद्धार समिति (आईआरसी)का अनुसार अफगानिस्तानका अधिकांश राज्यमा आपतकाल जस्तो अवस्था छ । विभिन्न आपत्कालीन टोली राहत कार्यमा जुटेका छन् ।
आईआरसीका निर्देशक सलमा बेन ऐसाले यो बाढीले मानवीय संकट निम्त्याएको बताइन् । अफगानिस्तानका जनता यस वर्षको सुरुमा गएको भूकम्पको पीडा झेलिरहेका थिए । तर अहिले बाढीले उनीहरूलाई झन् गरिबीमा धकेलिएको छ ।
अफगानिस्तानका धेरै राज्यमा दुई सातादेखि बिजुली छैन। जनतासँग एक छाक किन्न सक्ने स्रोत छैन । गत महिना नै अफगानिस्तानको हेलमाण्ड र काजाकी जिल्लामा भारी वर्षा र बाढीका कारण घर भत्किँदा नौ जनाको मृत्यु भएको थियो ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
